झापामा श्रीमतीको हत्या आरोपमा कविराज पक्राउ


झापा- झापामा हत्या आरोपमा प्रहरीले कनकाई नगरपालिका–२, सुकेडाका ३५ वर्षीय कविराज हेमरनलाई पक्राउ गरेको छ । आफ्नी श्रीमतीको हत्या गरेको उनीमाथि आरोप छ ।

गए राति (वैशाख २७) कविराजले खुकुरी प्रहार गरी ३४ वर्षीया श्रीमती पूजा हेमरनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

“दुईजनाबीच झगडा भएपछि श्रीमतीको हत्या गरी कविराज फरार भएका थिए । निजलाई सुरुंगा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो,” उनले भने ।

घटनास्थल सुरक्षित राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया