शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ, कारण यस्ताे


काठमाडौं- तीनकुनेमा गत चैत १५ गते भएको राजावादी आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले ती घटनामा संलग्नको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई पक्राउ गरेको छ।

बस्नेतलाई अदालतको पक्राउ पूर्जीका आधारमा आइतबार काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसबाट प्रहरीले पक्राउ गरेको हो। त्यहाँ उनी संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकमा सहभागी हुँदै थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार, तीनकुने घटनामा संलग्न रही अवाञ्छित गतिविधि गरेको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

तीनकुनेको राजावादी आन्दोलनमा झडप, तोडफोड र सार्वजनिक सम्पत्तिमा क्षति पुगेपछि प्रहरीले झण्डै १०० जनालाई पक्राउ गरी अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढाएको थियो। बस्नेत पनि सोही घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका हुन्।

प्रतिक्रिया