

आईजीपी थापा र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं — नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापा र संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थोम्पसनबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच प्रहरी प्रधान कार्यालय, नक्सालमा शिष्टाचार भेटवार्ता भएको हो ।
शिष्टाचार भेटको क्रममा दुवै पक्षबीच आपसी सहयोग, द्विपक्षीय सम्बन्ध विस्तार तथा अपराध नियन्त्रणमा सहकार्यका विषयमा विचारविमर्श भएको बताइएको छ ।
नेपाल प्रहरी र अमेरिकी दूतावासबीच लामो समयदेखि विभिन्न तालिम, प्रविधि तथा क्षमता अभिवृद्धिसम्बन्धी सहकार्य हुँदै आएको छ ।

