नेपाल–भारत सीमामा उच्च सुरक्षा सतर्कता, एपीएफ र एसएसबीको संयुक्त गस्ती


काठमाडौं — भारत–पाकिस्तानबीच चुलिएको तनावपछि नेपाल सरकारले सीमा सुरक्षा कडा बनाएको छ। पछिल्लो ७२ घण्टामा नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल(एपीएफ)ले ३१२ वटा गस्ती र भारतीय सीमा सुरक्षा बल( एसएसबी)सँग मिलेर ११५ संयुक्त गस्ती सञ्चालन गरेको छ।

२४८४ स्थानमा चेकपोइन्ट स्थापना गरिएको छ भने १३ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालनमा छन्। सशस्त्र प्रहरीका २४५ वटा बोर्डर आउट पोस्टमार्फत २४ सै घण्टा निगरानी जारी छ।

नेपाली सेनाले पनि सूक्ष्म निगरानी बढाएको जनाएको छ। सेनाका प्रवक्ता गौरवकुमार केसीले आवश्यक परेमा सेना परिचालनका लागि तयारी अवस्थामा रहेको बताए।

गृहमन्त्रालय र प्रधानमन्त्रीको तर्फबाट केन्द्रीय सुरक्षा समितिका बैठकमार्फत सीमा क्षेत्रमा परिचय नभएका व्यक्तिको आवतजावतमा कडाइ गर्न निर्देशन दिइएको छ।

सुरक्षा निकायहरूका अनुसार युद्धग्रस्त क्षेत्रबाट विस्थापित समूह र आपराधिक गिरोह नेपाल प्रवेश गर्न सक्ने जोखिम बढेको छ। मदरसा र मस्जिदहरूमार्फत शरण खोज्ने सम्भावना उच्च भएकाले त्यहाँ पनि विशेष निगरानी थालिएको छ।

 

प्रतिक्रिया