आपराधिक गिरोहलाई प्रधानमन्त्रीका सल्लाहकार अजगर कम्पनीकाे ‘बार्गेनिङपत्र’


काठमाडौं– सरल र सहजताका लागि प्रयोग हुँदै आएको ईन्टरनेट बैंकिङ सेवासुबिधा पछिल्लो समय आपराधिक गतिबिधिमा प्रयोग हुन थालेको रहस्य खुलेको छ ।

सट्टेबाजीको धन्दा चलाउँदै आएका गिरोहदेखि अनलाईन ब्यापारको नाममा समेत बैंकिङ सेवा सुबिधा ठगी धन्दामा प्रयोग हुन थालेका प्रमाणहरू अनलाइन न्युज सेभेनले फेला पारेको छ ।

पछिल्लो समय ईन्टरनेट बैंकिङ प्रणालीका कारण भुक्तानिका कामहरूमा धेरै नै सहजता भए पनि त्यसको कमजोरीको कसीमा टेकेर पहुँच भएका आपराधिक समूहले धन्दा सुरु गरेका छन् ।

सामान्यतया, बिजुलीको बिल तिर्नेदेखि मोबाईल रिर्चाज, हवाई यातायातको टिकटसम्म ईन्टनेट प्रणालीबाट खरिद गर्न सकिन्छ ।  ईन्टरनेट बैकिङको कारण हजारांै सर्बसाधारणको महत्वपूर्ण समय खेर जानबाट बचेको छ । अहिले नेपालमा लाखौं व्यक्तिले ईन्टरनेट बैंकिङको प्रयोग गर्दै आएका छन् । अहिले हरेक बैंकले ईन्टरनेट सेवा सुरु गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा हुने सट्टेबाजी धन्दा होस् वा क्यासिनोमा हुने अनलाईन जुवा तथा टोलटोलमा खेलाईने जुवा अखडामा हारजीतको पैसा रकमान्तर गर्न ईन्टरनेट बैंकिङ सेवाको दुरुपयोग हुन थालेको छ ।

ईन्टरनेट बैंकिङ सेवामध्ये सबैभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकार अजगर अलीको ई–सेवा आपराधिक गिरोहले बढी दुरुपयोग गर्ने गरेको पाईएको हो ।

ई–सेवाका एकाउण्ट होल्डरलाई १३ प्रतिशत कमिशन दिएर (वान एक्स बेट) नामक एक साईडले अनलाईन जुवा र सट्टेबाजीको रुपैंयाँ ट्रान्सफर गर्दै आएको प्रमाण फेला परेको छ ।

ति एकाउण्टबाट सट्टेबाजीको रकम हेरफेर भएको ई–सेवा नामक बैंकिङ कारोबार सञ्चालन गर्दै आएको ‘रिक्स म्यानेजमेन्ट एण्ड कम्पिलिन्स’कुनै कानुनी उपचार भने खोजेको छैन । जसको अध्यक्ष प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ अजगर हुन् ।

कम्पनीले वान एक्स बेटलाई चेतावनीयुक्त मेल गरेर ठूलै कमिशनको डिल गरेको स्रोत बताउँछ । अवैध धन्दाबारे प्रहरीलाई जानकारी गराएर आपराधिक गिरोहलाई कानुनको दायरामा ल्याउन छाडी ‘रिक्स म्यानेजमेन्ट एण्ड कम्पिलिन्स’ले वान एक्स बेटलाई लेखेको पत्रबाट बार्गेनिङ गरेको छ ।

‘रिक्स म्यानेजमेन्ट एण्ड कम्पिलिन्स’ले उक्त साईडलाई पत्र लेख्दै कानुनी उपचारको धम्की दिएको छ । प्रधानमन्त्रीका सहल्लाकार जस्ता व्यक्तिले आपराधिक धन्दा चलाईरहेका गिरोहको बारेमा प्रमाण भटेपछि गोप्य रुपमा प्रहरीलाई जानकारी गराउनु पर्ने थियो । तर त्यसो नगरी कम्पनीले वान एक्स बेटलाई मेलमा भनेको छ, ‘ई–सेवाबाट हुँदै आएको बेटिङको कारोबार तत्काल नरोके कानुनीउपचार खोजिने छ ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा हुने सट्टेबाजी धन्दा होस् वा क्यासिनोमा हुने अनलाईन जुवा अहिले यी गैरकानुनी धन्दामा ईन्टरनेट बैंकिङ सेवाको दुरुपयोग व्याप्त छ । यसका प्रमाणका ठेली अहिले जारी रहेको क्रिकेटको इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलमा भएको कारोबारले प्रष्ट बनाउँछ 

बेटिङको पैसा ट्रान्सफर गरेको दाबी ई–सेवा आँफैले मेलमा प्रष्ट खुलासा गरेको छ । जबकि उसले पत्र पठाउनुको साटो कारोबार रोकी प्रहरीलाई यस विषयमा स्पष्ट जानकारी गराउन सक्ने थियो ।

स्रोतका अनुसार रसियाको दुई नम्बर आईएम प्रयोग गरेर नेपालमा वान एक्स बेटले लामो समयदेखि धन्दा चलाउँदै आएको छ ।

७९२६७९७३४०२ नम्बर अमितकुमारको हो भने ७९२५९२६७८०५ रोशन श्रेष्ठको हो । यी व्यक्ति को हुन् र कहाँका हुन् भन्ने खुलेको छैन । यी दुईले अन्य नेपाली एजेन्ट नियुक्त गरेर अनलाइन जुवा र सट्टेबाजीको धन्दा चलाउँदै आएका छन् ।

स्रोतका अनुसार ई–सेवा एकाउण्ट भएका व्यक्तिलाई उसको एकाउण्टबाट कारोबार भएको रकमको १३ प्रतिशत कमिशन दिने लोभमा एजेन्ट बनाउँदै आएका छन् ।

बानेश्वरका सुदिप भन्ने व्यक्तिले आफूलाई नेपालको व्यपस्थापक भएको बताउँदै आएका छन् । उनले ९८५१०२४७६५ नम्बरको मोबाइल प्रयोग गरेर बेटिङको धन्दा चलाउँदै आएका हुन् । स्रोतका अनुसार दैनिक दश करोड भन्दा बढी रुपैंयाको कारोबार यस धन्दामा हुन्छ ।

जसमा ४० प्रतिशत अहिले यस्ता सेवा प्रदायक कम्पनीले सट्टेबाजीका गिरोहसँग मिलेर असुल्दै आएका छन् । गिरोहले एक्स बेट’को साथै अहिले खल्तीको समेत दुरुपयोग गर्न थालेको प्रमाण फेला परेको छ ।

यस धन्दाको बिषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले अनुसन्धान गरिरहेको सिआईबीका प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) सहकुल थापाले बताए ।

उनले भने,‘यस अपराधमा क कसको कति सगंलग्नता छ सबैमाथि कारवाही हुन्छ । हामी आपराधिक गिरोहको नजिक पुगेका छैं ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा हुने सट्टेबाजी धन्दा होस् वा क्यासिनोमा हुने अनलाईन जुवा अहिले यी गैरकानुनी धन्दामा ईन्टरनेट बैंकिङ सेवाको दुरुपयोग व्याप्त छ । यसका प्रमाणका ठेली अहिले जारी रहेको क्रिकेटको इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलमा भएको कारोबारले प्रष्ट बनाउँछ ।

प्रतिक्रिया