वर्तमान प्रेमिका र पूर्व प्रेमिकासँग रणवीरको रोमान्स


मुम्बई(एजेन्सी)– लामो समयदेखि अभिनेता रणवीर कपूरको कुनै पनि फिल्म रिलिज भएको छैन । उनको आउन लागेको फिल्म ‘ब्रह्मास्त्र’मा पहिलोपटक उनी वर्तमान प्रेमिका आलिया भट्टसँग देखिँदैछन् । यद्यपि यो फिल्म कहिले रिलिज हुन्छ भन्न केही टुंगो छैन । समाचारअनुसार एक फिल्ममा रणवीरका साथ वर्तमान प्रेमिका आलिया र पूर्व प्रेमिका दीपिका पादुकोण एकसाथ देखिने भएका छन् ।

गत वर्ष निर्देशक सञ्जय लीला भन्सालीले फिल्म ‘बैजू बावरा’ बनाउने घोषणा गरेका थिए । यो फिल्मका लागि प्रमुख भूमिकामा रणवीर फाइनल भएका छन् । फिल्ममा दुई हिरो र दुई हिरोइन हुनेछन् । हिरोइनका लागि दीपिका पादुकोण र आलिया भट्ट फाइनल भएका छन् । आलिया र दीपिका सञ्जयको मनपर्ने अभिनेत्रीहरु हुन् ।

आलिया र दीपिकाले फिल्मको स्क्रिप्ट सुनिसकेका छन् । उनीहरुले आफ्नो भूमिकालाई मन पराइसकेका छन् । फिल्ममा रणवीरको अपोजिटमा आलिया हुनेछिन् । यो फिल्मको ओरिजिनल भर्सनमा मिना कुमारीको अभिनय थियो । जबकी फिल्ममा दीपिका डाकू रुपमतीको भूमिकामा हुनेछिन् ।

रणवीरका अलावा तानसेनको भूमिकाका लागि एक ठूला स्टारसँग कुराकानी चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रणवीरले सञ्जयकै फिल्म ‘सावरिया’बाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्म सुपरफ्लप भएको थियो ।

प्रतिक्रिया