


बाजुरा प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्यु

बाजुरा- जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका–३ धनाल्तका ४२ वर्षीय जंगबहादुर रावतको उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार रावत अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका थिए। हिरासतमा रहेका बेला स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो।
पेट दुखेको गुनासो गरेपछि अस्पताल पुर्याइएका रावतको बुधबार साँझ उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

