ताप्लेजुङमा खुकुरी प्रहार गरी लिम्बूको हत्या, अभियुक्त जंगलबाट पक्राउ


ताप्लेजुङ- ताप्लेजुङको फुङलिङ नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्र लिम्बूको खुकुरी प्रहारबाट ज्यान गएको छ। हत्या अभियोगमा सोही स्थानका ३२ वर्षीय अर्जुन गुरुङलाई प्रहरीले भिरकुना जंगलबाट पक्राउ गरेको हो।

घटना जेठ २१ गते राति करिब १२:४५ बजे फक्तालुङ गाउँपालिका–३ मा भएको हो। अर्जुन गुरुङ र उनकी श्रीमती सरिता लिम्बूबीच पाहुना गएका बेला सामान्य भनाभन भएपछि घरधनी योगमाया लिम्बूले दुबैलाई छिमेकी तेजेन्द्र लिम्बूसँगै घर फर्काएको बताइएको छ।

तर, घर फर्कने क्रममा बाटोमै अर्जुन गुरुङले तेजेन्द्रमाथि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

घटनापछि फरार रहेका गुरुङलाई खोजी गर्ने क्रममा फुङलिङ–९ को भिरकुना जंगलमा लुकेर भाग्दै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया