

जगन्नाथको नायकत्वमा रेणुको दोस्रो सत्तारोहण !
रेणुले जितको पहिलो माला र अबिर पौडेललाई लगाइदिने हिम्मत राख्नुपर्छ

स्थानीय निर्वाचन २०७९ मा सबैभन्दा बढी चर्चाको शिखरमा रह्यो भरतपुर महानगर । कारण, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालले पुनः टिकट पाउनु र चुनावी मैदानमा उत्रनु । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा महानगरमा नेपालकै पहिलो महिला मेयरका रुपमा निर्वाचित रेणुले यसपटक पुनः दोहोरिने इच्छा राखेपछि प्रचण्ड पुनः कांग्रेसको ‘पाउ’ पर्न लागे ।
सत्ताको भोकमा रहेको कांग्रेसलाई गठबन्धनको नाम गरेर सत्तासीन बनाउन सफल प्रचण्डले त्यसको सट्टामा मागे – ‘भरतपुर मेयर’ । गठबन्धनको नाममा माओवादीले भरतपुरलाई आफ्नो पक्षमा पारेलगत्तै प्रचण्ड पुत्री रेणुले उम्मेदवारी दिने पक्का भयो । तर, त्यसमा बाधक मानियो चितवन कांग्रेस । दशकौंदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका चितवनका नेताहरु पुनः एकपटक केन्द्रको निर्देशन मान्दै पार्टीको राजनीतिलाई तिलाञ्जली दिन बाध्य भए, अनि तयार देखिए हँसिया हथौडामा मत दिन अर्थात् प्रचण्डपुत्री रेणुलाई पुनः मेयर बनाउन । त्यसमा केही निष्ठावान कार्यकर्ता देखिए, जस्तै कृष्णलाल सापकोटा अनि जगन्नाथ पौडेलजस्ता ।
पौडेलले भरतपुरमा कांग्रेसको आधिकारिक उम्मेदवार रेणु दाहालविरुद्ध उम्मेदवारी दिए । उनको उम्मेदवारीलाई फिर्ता लिनका लाग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागेको आम जनतामा स्पष्टै देखिन्थ्यो कुनै बेला । तर, निष्ठाको राजनीति गर्ने पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । कांग्रेसले सभापति शेरबहादुर देउवाभन्दा अगाडिदेखि राजनीति गर्दै आएका कृष्णलाल सापकोटादेखि जगन्नाथ पौडेलसम्मलाई कारबाही गर्यो ।
पुनः ५ वर्षपछि रेणुलाई नै मत दिनुपर्ने चितवने मतदातालाई कांग्रेस केन्द्रको निर्देशनपछि केही विरोधका स्वरहरु सुनिए, जगन्नाथहरु मैदानमा उत्रिए, त्यससँगै रेणुको भने ‘फलिफाप’ सुरु भयो । तर, जगन्नाथको उम्मेदवारी रेणुका लागि अन्तिममा ‘सहयोगी सिद्ध’ भयो ।
निर्वाचन प्रचार प्रसारकै क्रममा अधिकांश चितवन कांग्रेसका नेताहरुको बोली फेरियो अर्थात् केन्द्रको निर्णयलाई शिरोधार्य गर्दै रेणुका लागि मत माग्दै हिँड्न थाले । रेणुको जितका लागि कलाकारदेखि नेतासम्मले पटकौं–पटक कामना गरे, अनि त्यो भन्दा धेरै गरे जगन्नाथको विरोध । उनलाई दिइएका प्रलोभन र धम्कीका स्वरहरु स्वयं जगन्नाथलाई थाहा होला । रेणुको पक्षमा रहेकाहरुले सापकोटा र पौडेललाई ‘भिलेन’ देखे ।
२०७४ को निर्वाचनमा पनि नेपाली कांग्रेस केन्द्रको रेणुलाई समर्थन गर्ने निर्णयसँगै कांग्रेस चितवनमा विद्रोह देखियो, उम्मेदवारी दिने समय सकिइसकेकाले कसैले पनि बागी रुपमा उम्मेदवारी दिएनन्, तर यसपटक यस्तो भएन । गत स्थानीय निर्वाचनमा कांग्रेसबाट असन्तुष्ट बनेका कार्यकर्ताले रेणुको सट्टा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई मत दिएर ‘झण्डै’ जिताएका थिए । तर, दुई कार्यकर्ताको कर्तुतपछि भरतपुर–१९ पुनः मतदान गरेर रेणुलाई २०३ मतले जिताइयो अथवा जितिन् । (यसपटक उक्त वडामा नेकपा एमाले उम्मेदवार विजयी भएका छन्) त्यतिबेला केही कार्यकर्ता र इमान्दार कांग्रेस मतदाताको साथमा रेणुले झिनो मतान्तरले मेयरमा बाजी मारिन् ।
त्यतिबेला रेणुको विरोध गर्नेहरुले देवी ज्ञवालीलाई मत दिएको स्पष्टै देखिन्थ्यो । किनभने नेकपा एमालेका २९ वटै वडाध्यक्षहरुले ३७ हजारको हाराहारीमा मत ल्याएका थिए, तर देवी ज्ञवालीले ४२ हजार बढी मत ल्याएका थिए । ज्ञवालीले ल्याएको ५ हजार बढी मत कांग्रेस असन्तुष्ट मतदाताकै थियो भन्नेमा कुनै शंका छैन ।
पुनः ५ वर्षपछि रेणुलाई नै मत दिनुपर्ने चितवने मतदातालाई कांग्रेस केन्द्रको निर्देशनपछि केही विरोधका स्वरहरु सुनिए, जगन्नाथहरु मैदानमा उत्रिए, त्यससँगै रेणुको भने ‘फलिफाप’ सुरु भयो । तर, जगन्नाथको उम्मेदवारी रेणुका लागि अन्तिममा ‘सहयोगी सिद्ध’ भयो ।
कांग्रेस अनि रेणुसँग असन्तुष्ट हुनेहरुले विकल्प पाए, जगन्नाथ पौडेल । अघिल्लो निर्वाचनमा विकल्प नपाएका कांग्रेसी मतदाताले देवी ज्ञवालीलाई मत हाल्न बाध्य थिए, तर यसपटक त्यस्तो भएन, चुनावी मैदानमा उत्रिए जगन्नाथ पौडेल–कांग्रेसी मतदाताको विकल्पको रुपमा । जसले गर्दा असन्तुष्टहरुको मत एमाले उम्मेदवारलाई गएन ।
गत निर्वाचनमा रेणुलाई मत नदिएकाले सूर्यमा मत हाल्न विवश थिए र ज्ञवालीको मत बढी भएको प्रष्टै देखियो तर, यसपटक विकल्पका रुपमा ‘भुइँकटहर’ पाएपछि एमाले उम्मेदवार विजय सुवेदीले कांग्रेस कार्यकर्ताको मत पाउन सकेनन् । कांग्रेसका धेरै मतदाता रहेको चितवनमा केही असन्तुष्ट मतदाता यता÷उता जाँदा पनि केन्द्रको निर्देशनअनुरुप चल्ने कार्यकर्ताका कारणले पुनः यसपटक पनि रेणुको महानगरमेयर यात्रा जित सहज बन्ने देखियो ।
जगन्नाथको उम्मेदवारीमात्र पनि रेणुको जितको कारण होइन । कांग्रेस केन्द्रको निर्णयविपरित गएर जगन्नाथ पौडेललाई मत दिने हरेक मतदाता पनि रेणुको जितको कारक हुन् । यदि उनीहरुले आफ्नो विद्रोहलाई अडानमा परिणत गर्दै रेणुको पराजयको कल्पना गरेको भए पौडेललाई नभई एमाले उम्मेदवार सुवेदीलाई मत दिने थिए । त्यसैले पनि रेणुको जितको वास्तविक कारक भनेको जगन्नाथ पौडेल अनि उनलाई मत दिने करिब १४ हजार जनता हुन् ।
असन्तुष्टहरुको मत आफूमा नआए पनि प्रमुख प्रतिपक्षीकोमा नजानु रेणुका लागि सुखद् पक्ष हो । त्यसको मनन् सबैभन्दा धेरै स्वयं रेणुले गर्नुपर्छ, अनि उम्मेदवारी दिएका पौडेललाई कारबाही गरेका कांग्रेस नेतृत्वले गर्नुपर्ने हो । जसका लागि रेणुले जगन्नाथ पौडेलको उम्मेदवारीलाई आप्mनो ‘साथ’ सम्झनु पर्दछ । अनि, रेणुको पक्षमा देशैभरि मत माग्दै हिँडेका कांग्रेस सभापति देउवाले पनि बास्तविकता थाहा पाउनुपर्दछ । यदि जगन्नाथले पाएको मत सुवेदीलाई गएको भए ? भन्ने प्रश्नलाई पनि मन्थन गर्नुपर्छ ।
मतगणना अन्तिम चरणमा रहेकै अवस्थामा करिब १० हजार बढी मतले रेणु अग्रस्थानमा रहेकी छिन् । कुनै अप्रत्याशित नतिजा नआए वा गणितीय रुपबाहेक रेणुले जित हात पारिसकेकी छिन् । विजयले पनि मनमनै हार स्वीकार गरिसकेका छन् ।
मतगणना अन्तिम चरणमा रहेकै अवस्थामा करिब १० हजार बढी मतले रेणु अग्रस्थानमा रहेकी छिन् । कुनै अप्रत्याशित नतिजा नआए वा गणितीय रुपबाहेक रेणुले जित हात पारिसकेकी छिन् । विजयले पनि मनमनै हार स्वीकार गरिसकेका छन् । पछिल्लो समय फराकिलो हुँदै गएको मतान्तरका साथै पौडेलको पनि बढ्दै गएको मतको आधारलाई हेर्दा रेणुको जितमा विजय बाधक बन्लान् जस्तो देखिएको छैन । घोषित २० वटा वडाको नतिजामा कांग्रेसले १२ वडाध्यक्षमा बाजी मारिसकेको छ भने एमालेले जम्मा ५ वटा वडामा विजयी भएको छ । त्यस्तै समाजवादीले २ वटा वडामा जित हात पार्दा माओवादीले एउटा वडामा जित हात पारेको छ । यसै तथ्यांकलाई विश्लेषण गर्दा पछि बाँकी रहेका वडाहरुमा एमालेले जित्ने सम्भावना न्यून छ ।
भरतपुरमा मतगणना हुन बाँकी २१ देखि २९ वडाहरुमा गत स्थानीय निर्वाचनमा २४ वडामात्र नेकपा एमालेले यसपटक जित्ने सम्भावना रहेको छ, अन्य वडाहरुमा नेपाली कांग्रेस र माओवादीको गठबन्धन रहेको हुनाले उनीहरुकै पक्षमा जाने अनुमान गर्न सकिन्छ ।
मतगणना अन्तिम चरणमा पुगेसँगै अहिलेसम्म स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार बढी मत ल्याइसकेका छन् । विजयी रेणुले गत स्थानीय तह निर्वाचनमा जितका लागि ल्याएको मत भन्दा धेरै मत ल्याइसकेकी छिन् र एमाले उम्मेदवार सुवेदीसँग १० हजार भन्दा बढी मतले अगाडि रहेको अवस्थामा अब गणना हुन बाँकी करिब २५ हजार मतमा सुवेदीले फर्कन सक्ने सम्भावना ज्यादै न्यून छ । यसबाट रेणु भरतपुर महानगरको दोस्रो पटक नगरप्रमुख बन्ने लक्ष्यबाट धेरै नजिक रहेको देखिन्छ ।
कुनै नाटकिय मतपरिणाम नआएर यही ‘ट्रेन्ड’लाई ‘फलो’ गर्दै रेणुले जित हात पारेमा आफ्नो जितमा आफूले माला पहिरिनुभन्दा अगाडि पौडेललाई माला पहिर्याएर रेणुले उनलाई सम्मान गर्नुपर्छ । आफ्नो जीतको पहिलो अविर पौडेललाई लगाइदिने हिम्मत राख्न सक्नुपर्छ ।
अहिलेसम्मकै मतको ‘ट्रेन्ड’ हेर्दा भरतपुरमा गठबन्धनकै उम्मेदवारले जित हात पार्ने देखिन्छ । उपमेयरमा त करिब करिब घोषणा नै गरिदिए हुने अवस्थामा पुगेको छ । कांग्रेसका चित्रसेन अधिकारी प्रतिद्वन्द्वी हिमला गुरुङभन्दा करिब २० हजार मतले अगाडि रहेका छन् ।
कुनै नाटकिय मतपरिणाम नआएर यही ‘ट्रेन्ड’लाई ‘फलो’ गर्दै रेणुले जित हात पारेमा आफ्नो जितमा आफूले माला पहिरिनुभन्दा अगाडि पौडेललाई माला पहिर्याएर रेणुले उनलाई सम्मान गर्नुपर्छ । आफ्नो जीतको पहिलो अविर पौडेललाई लगाइदिने हिम्मत राख्न सक्नुपर्छ । पौडेललाई विरोधीको रुपमा भन्दा पनि प्रमुख सहयोगीको रुपमा अंगाल्नुपर्दछ । पौडेलले पाएको मत सुवेदीको पक्षमा गएको खण्डमा नतिजा के हुनसक्थ्यो त्यसको विश्लेषण रेणुले गर्नुपर्दछ । अनि, पौडेल र सापकोटामाथिको पार्टीको कारबाही फिर्ताका लागि रेणुले नै पहिलो कदम चाल्नुपर्दछ । र, पटकपटकको बाचापछि अर्को निर्वाचनमा पौडेललाई नै अगाडि लगाएर रेणुले काँध थाप्न सक्नुपर्दछ ।
अनि भरतपुरमा कांग्रेस माओवादीको असन्तुष्टीलाई क्यास गरेर महानगर हत्याउँछु भनेर मन्त्री र प्रदेशबाट राजीनामा दिएर महानगरमा भिड्न आउने विजयहरुले आफ्नो संगठन बलियो पार्नुपर्दछ । अर्काको असन्तुष्टीबाट आफू सत्तारोहण गर्छु भन्ने सपना देख्नु कदापी उपयुक्त होइन । यदि कांग्रेस र माओवादीको असन्तुष्टीबाट मत पाउँछु भन्ने दिवास्वप्नबाट मुक्त भएर आप्mनो संगठन विस्तारमा लागेमा भरतपुर एमालेको नजिक होला, नत्र यसपटक पनि हत्याउन नसकेको भरतपुरमा कहिल्यै पनि आशा राख्नु मुर्खताशिवाय केही हुँदैन ।

