रेणु र सृजना नेताको छोरी र श्रीमती भएर के अपराध गरे ? दुवैलाइ जिताउनै पर्छ: देउवा


काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिको मेयरमा रेणु दाहाल र काठमाडौं महानगरको मेयरमा सृजना सिंहलाई बहुमत दिएर जिताउन मतदाताहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार दिउँसो रत्नपार्क शान्तिवाटिकामा पाँच दलिय गठबन्धनले आयोजना गरेको आसमभालाई संवोधन गर्दै पार्टी सभापति देउवाले एउटा श्रृजना सिंहलाई काठमाडौंमा र अर्को चितवनमा रणु दाहाललाई जिताउनै पर्ने बताएका हुन् ।

‘प्रचण्डको छोरी छोरी हुनु नैं कैको गल्ती हो ? त्यस्तो राम्रो काम गर्ने महिलालाई पुरस्कार दिनु पर्नेमा विरोध गर्नु राम्रो होइन । रेणु दखाहाललाई माओबादीले होइन, गठबन्धनले टिकट दिएको हो तर, हाम्रै पार्टीका मान्छेले बखेडा झिकेका छन्’ देउवाको प्रश्न थियो, ‘राम्रो काम गर्ने महिलाले चितवनमा हारे भने के हुन्छ ? राष्ट्रिय र अन्तराष्ट्रिय समुदायले के भन्ला ?’

काठमाडौंको आमसभालाई संवोधन गर्ने क्रममा उनले भरतपुरको मेयरमा उम्मेदवार रेणुलाई उठाउँदा छोरीलाई उठायो भने बिबाद हुने भए नउठाउँ भनेर माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने पनि आफूले नै त्यस्तो राम्रो काम गरेको महिलालाई उठाउनु पर्छ भनेर प्रस्ताव गरेको देउवाले खुलासा गरे ।

उनले भने ‘श्रृजना सिंहलाई विवाह गरेर काठमाडौं दिइ हाले, उहाँको के दोष ? प्रकाशमानसँग विवाह गर्नु के गल्ती हो ? उहाँलाई प्रकाशमानको श्रीमती मात्र भनेर हुँदैन । उहाँ विद्यार्थीदेखि नै राजनीति गरेर आएको महिला हो । त्यसैले राजधानी काठमाडौंमा महिलालाई जिताउनु पर्छ । हार्यो दुनियाँले के भनन्छ ?’

भरतपुर महानगरमा रेणुले राम्रो काम गरेको भनेर बारम्बार प्रशंशा गरेका देउवाले काठमाडौंको फोहोर ६ महिना भित्र व्यवस्थापन हुने, फोहोरको व्यववस्थापन गरेर विजुली र ग्यास निकाल्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले अहिलेको संविधान भएसम्म कसैले बहुमत ल्याउन नसक्ने जिकिर गर्दै गठबन्धन गर्नु आवश्यक भएकोले बर्षौंसम्म गठबन्धन रहने जनाए । उनले ओली नेतृत्वको सरकारको बेलामा जनतामा ठूलो आतंक र त्रास भएको बताए ।
कांग्रेस एक्लै पाँच वर्षअघि चुनावमा जान रहर गर्दा हारेको र ओलीजीसँग मिल्न प्रचण्डहरुले रहर गर्दा दुखः पाएको बताए ।

उनले कांग्रेसको महाधिवेशन र केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धन गर्ने म्याडेड दिएको भन्दै त्यसको अधिकार पनि आफूलाई दिएको दाबी गरे ।

उनले भने ‘चितवनमा राम्रो काम गर्नेलाई किन नउठाउने ? यहाँ प्रकाशमान सिंहले पनि श्रीमती भनेर आलोचना गर्छन कि भन्दै हुनुहुन्थ्यो । मैले त्यत्रो योगदान दिएको महिला राजनीतिमा आउनु पर्छ । भनेको हो । के प्रकाशमान सिंहको स्वास्नी भएर सृजनाले के अपराध गरेको छ र ?’

प्रतिक्रिया