

अपिहिमालमा श्रीमान्–श्रीमतीबीच नै प्रतिस्पर्धी, चुनावी भिडन्त राेचक

दार्चुला – दार्चुलाकाे अपिहिमाल गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार धर्मानन्द मन्यालविरुद्ध उनकी श्रीमती मधुसिंह ठकुरी चुनावी मैदानमा उत्रेकी छन् । ठकुरीले स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् ।
गाउँपालिकामा सत्ता गठबन्धनबाट माओवादीका भगनसिंह ठेकरे अध्यक्षकाे उम्मेदवार छन् । यस्तै, नेकपा एकीकृत समाजवादीका तर्फबाट कमलेशसिंह राेकाया पनि मैदानमा छन् ।
यसअघि याे पालिकामा एमालेबाट मन्याल विजयी भएका थिए । तर, अहिले श्रीमतीले नै उनीविरुद्ध उम्मेदवारी दिएपछि चुनावी भिडन्त राेचक बनेकाे छ ।

