रकस्टार बन्न असफल अमिताभ


मुम्बई(एजेन्सी)–बलिउड महानायक अमिताभ बच्चनले सामाजिक सन्जालमा त्यो समयको सम्झना गरेका छन्, जुन समयमा उनी रक हेड बेङ्गर बन्ने प्रयासमा थिए । आफूलाई रकस्टार बनाउनका लागि माइकल ज्याक्सनको नक्कल गरेका अमिताभ दुवै कुरामा असफल रहे । उनले सामाजिक सन्जालमा शेयर गरेको तस्बिरमा महानायकको हातमा माइक छ र उनले चम्किलो चस्मा लगाएका छन् ।

‘एम जेको नक्कलमा फेल भएपछि उनले मलाई सोधे–हालिया कहिले फेल भयौ । रक हेड बेङ्गर बनें र यसको परिणाम पनि असफल रह्यो । कृपया अप्रुभ गर्नुहोला’, उनले क्याप्सन लेखेका छन् । अमिताभले आफ्नो हालैको पोस्टमा पप किङ माइकल ज्याक्सनको नक्कल गर्ने प्रयास गरेका थिए ।

‘जब मनमोहन देसाईले सोच्यो कि फिल्म गंगा जमुना सरस्वतीमा एमजेको नक्कल गर्न सक्छु । यसमा म पूर्ण रुपमा विफल रहें’, उनले लेखेका छन् । सार्वजनिक तस्बिरमा अमिताभ कालो रंगको लेदर ज्याकेट र लेदर पेन्ट लगाएका छन् । तस्बिरमा अमिताभ धेरै हदसम्म ज्याक्सनको कपडा लगाउने स्टाइलमा देखिएका छन् ।

प्रतिक्रिया