
पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
तनहुँ — जिल्ला अदालत तनहुँले अभिनेता एवं मोडल पल शाहलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता शाहलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।
बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार बिहान जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।



कागजपत्र |
