पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
तनहुँ – जिल्ला अदालत तनहुँले नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका पूर्ण विक्रम शाह (अभिनेता पल शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
नाबालिग गायिकाले जाहेरी दिएपछि अभिनेता शाहलाई प्रहरीले खोजि गरेको थियो। गत फागुन १५ मा शाह तनहुँ प्रहरीमा पुगेका थिए।
शाहले १७ वर्षीया गायिकामाथि पटक(पटक बलात्कार गरेको पीडित पक्षको आरोप छ।