अदालतले देव आनन्दलाई कालो कोटमा प्रतिबन्ध लगाएपछि…


मुम्बई(एजेन्सी)अभिनेता देव आनन्द बलिउडका लिजेन्ड कलाकारमध्ये एक हुन् भन्दा फरक नपलाए । देवसँग जोडिएका सयौं किस्सा आज पनि बलिउडमा सुनिन्छ र सुनाइन्छ । उनका केही किस्सा आफैंमा रोचक र अजिब छन् ।

उनीसँग जोडिएको एक किस्सा बलिउडमा सर्वाधिक लोकप्रिय छ । यो किस्सा उनको फिल्म ट्याक्सी ड्राइभरको छायांकनताका सन् १९५४ को हो । यो फिल्ममा एक सिक्वेन्स थियो, जसमा उनले केही व्यक्तिलाई होटल ताज महलको बाहिर छोड्नुपनेै थियो । सिन अनुसार देव ट्याक्सी लिएर गए र उनले यात्रुहरुलाई होटल ताज बाहिर उतारे पनि । त्यही समयमा एक विदेशी पर्यटक उनको ट्याक्सीमा बसे र उनलाई रेड लाइट एरिया पुर्याउन भने । तर फिल्मका एक सदस्यले सोही समयमा त्यहाँ आएर पर्यटकलाई उनी देव आनन्द हुन् र यहाँ फिल्मको सुटिङ भइरहेको छ भन्नुपर्यो ।

उनीसँग जोडिएको अर्को किस्सा पनि उत्तिकै लोकप्रिय छ । देवलाई कालो कोट लगाउन अदालतले नै प्रतिबन्ध लगाइदिएको थियो । देवले लगाएको कालो कोट देखेपछि कैयौं युवतीले आत्महत्यासमेत गरेका थिए । किनकी ती युवतीहरु देवलाई पागल सरह मनपराउथे । युवतीहरुले आत्महत्या गर्ने क्रम बढेपछि अदालतले त्यसलाई रोक्न देवलाई कालो कोट लगाउन प्रतिबन्ध नै लगायो ।

देवको सन् २०११ डिसेम्बर ३ मा लण्डनमा निधन भएको थियो । उनको निधन हृदयघातबाट भएको थियो ।

प्रतिक्रिया