

प्रजातन्त्र घोषणा, बीपीले पाएको यातना र सुवर्णको त्याग

देश र जनतालाई जहानियाँ कठोर निरंकुस राणा शासनबाट मुक्ति दिलाइ प्रजातन्त्रसहितको स्वतन्त्रता बहाली भएको दिन सबैले तत्कालिन राजा त्रिभुवन बीरबिक्रम शाहबाट शाही घोषणाको औपचारिक दिनलाई स्मरण गर्ने गर्छन् । तर, त्यो शाही घोषणामार्फत प्रजातन्त्र बहालीको घोषणा गर्नु पूर्वको अवस्था भने छायाँमा पर्ने गरेको छ ।
धन सम्पती त के जानी जानी हाँसेर जीउ ज्यानको समेत प्रवाह नगरी जनताको स्वतन्त्रताका लागि त्याग र योगदान दिन सक्ने क्षमता भएका दुई यूग पुरुष नभएको भए नेपालमा प्रजातन्त्र सायद २००७ सालमा बहाली हुन सम्भव नहुन सक्थ्यो ।
महामानव वीपी कोइरालाले पीता कृष्णप्रसाद कोइरालाको सर्वस्वहरणसहित भारत निर्वासनमा बस्नु पर्दाको पीडादायी र दर्दनाक अवस्थामा पनि भारतमा अंग्रेजकाबिरुद्ध संघर्ष र नेपालमा प्रजातन्त्र बहालीको लागि चालेको अभियानका कारण चरम शारिरीक यातना भोग्नु परेको कुरा छायाँमा पर्ने गरेको छ ।
प्रजातन्त्रका हिमायती दूरदृष्टि भएका प्रजातान्त्रिक समाजबादका चिन्तक बीपी कोइरालाले पहिले नेपाली राष्ट्रिय काग्रेस घोषणा गरे, आन्दोलनको नेतृत्व लिए र प्रजातन्त्र बहालीपछि गृह मन्त्री र आम चुनावपछि प्रधानमन्त्री बने भन्ने घटना मात्र प्राय चर्चामा आउने गर्छ ।
२००७ साल फागुन ७ गते राजा त्रिभुवनले देशबासीको नाममा संवोधन गरी नेपाली जनतालाई रैतीबाट नागरिकलाई स्वतन्त्रता दिएको र प्रजातन्त्र घोषणा गरे ।
तर महामानव वीपी कोइरालाले पीता कृष्णप्रसाद कोइरालाको सर्वस्वहरणसहित भारत निर्वासनमा बस्नु पर्दाको पीडादायी र दर्दनाक अवस्थामा पनि भारतमा अंग्रेजकाबिरुद्ध संघर्ष र नेपालमा प्रजातन्त्र बहालीको लागि चालेको अभियानका कारण चरम शारिरीक यातना भोग्नु परेको कुरा छायाँमा पर्ने गरेको छ ।
कठोरभन्दा कठोर यातनाबाट समेत रत्तिभर नडगमनाउने बीपीको दृढ विचार र उनको उदेश्यलाई पुरा गर्न पद, प्रतिष्ठा र श्रीसम्पति क्रान्तिको लागि अर्पण गर्ने दानबीर सुवर्ण सम्शेरका कारण मात्र सम्भव भएको थियो ।
को हुन सुवर्ण ?
धेरैले सुवर्ण सम्शेरलाई तत्कालिन श्री ३ महाराज राणा प्रधानमन्त्री भीम शम्शेरको नाती जर्नेल (हिरण्य शम्सेरका पुत्र) सी क्लासको राणा भएका कारण प्रतिशोधले राणाबिरोधी क्रान्तिमा साथ दिएको भनी हल्का टिप्पणी गर्ने गर्छन ।
तर, सुवर्णको थिए ? उनको क्षमता र योगदान पार्टी र देशका लागि के थियो भन्ने थाहा नपाउनेहरुले राणा थर भएकै कारण सुवर्णको व्यक्तित्वको बारेमा नजरअन्दाज गर्ने गरेका छन् । सुवर्णको कला, क्षमता, योग्यता, त्याग र समर्पण नभएको भए सायद बीपीको प्रजातन्त्र ल्याउने अधुरो सपना पुरा गर्न फलामको च्युरा जस्तै थियो ।
प्रजातन्त्र बहालीको लागि राणा शासकका बिरुद्ध जे जति योजना बीपीले बनाए, ति सबै योजनाको कार्यान्वयन सुवर्णकै नेतृत्वमा हुन्थ्यो । उनलाई साथ दिने सारथीको रुपमा भने गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय आदि थिए ।
बीपीले पाएको यातना ?
बीपी २००५ साल पुसमा जब काठमाडौंको बाङ्गेमुडाबाट पक्राउ परे, तव उनलाई राणा शासकहरुले अत्यन्त चरम यातना दिएर सिंहदरबारस्थित घोडा बाध्ने तवलामा राखे ।
काठमाडौंको चिसो १ डिग्री सेल्सियसभन्दा कमको तापक्रममा समेत उनलाई खाली खुट्टा चिसो ईंटामा उभ्याएर तीन दिनसम्म राखिएको थियो । ४० घण्टासम्म त उनलाई केही खान नदिई नुन मात्र चाट्न दिएको बीपीले कृष्णप्रसाद भट्टराईलाई लेखेको पत्रमा उल्लेख छ । बीपीलाई तेश्रो दिनपछि एउटा धुस्सा र राडी दिइएको थियो ।
बीपीलाई पनि सातफुट लामो र ६ फुट चौडा भएको हावा नछिर्ने अँध्यारो कोठामा दिन रात थुनिएको थियो । त्यति सानो कोठामा भात भान्सा र सुत्नु पर्ने बाध्यता थियो । उनलाई लगाईएको साङ्लो, नेल र हतकडी २४ सै घण्टा हुन्थे ।
उनलाई पक्राउपछि परिवारका सदस्यलाई समेत भेट गर्न दिइएन । राणा प्रधानमन्त्री मोहन शम्शेरले श्री ३को गाथ गद्धी ताक्ने काम छाडेर माफी नमागे पीताजीको हालत होला भनेर मानसिक यातना दिन्थे ।
पीता कृष्णप्रसाद कोइरालाको पनि राणाहरुको चरम पासविक शारिरीक यातनाबाट जेलमै मृत्यु भएको थियो । बीपीलाई पनि सातफुट लामो र ६ फुट चौडा भएको हावा नछिर्ने अँध्यारो कोठामा दिन रात थुनिएको थियो । त्यति सानो कोठामा भात भान्सा र सुत्नु पर्ने बाध्यता थियो । उनलाई लगाईएको साङ्लो, नेल र हतकडी २४ सै घण्टा हुन्थे ।
बीपीले सोही पत्रमा सुवर्णले चलाएको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाल प्रजा पञ्चायत पार्टीले समेत नेपाली राष्ट्रिय कांग्रेससँग मिलेर सरकारबिरुद्ध संयुक्त कारबाही थाल्नु पर्ने सुझाव समेत दिएका थिए । बीपीले जेलबाट पठाएको पत्रको सन्देश कृष्णप्रसाद भट्टराईले सुवर्णलाई समेत सुनाएका थिए ।
सुवर्णले यसरी गरेका थिए बिप्लव
बीपी सन् १९१४ मा जन्मनु भएको थियो भने सुवर्ण शम्शेर सन् १९१० मा तत्कालिन श्री ३ भिम शम्शेरको दरबार टंगालमा भएको थियो । सन् १९३२ मा कलकत्ता विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमएको डिग्री गर्नु भएको थियो ।
श्री ३ जुद्ध शम्शेरले उनका पीता हिरण्य शम्शेरलाई १९९० सालमा देशनिकाला गरी धनकुटाको बढाहाकिम बनाई पठाइयो र केही समयपछि बीरगंजको बडाहाकिम बनाइयो ।
तराईको बिकासको लागि केरला र बैंगलोरको विकास कार्य अध्ययन गरी सुवर्ण नेपाल फर्कनासाथ श्री ३ पद्म शम्शेरलाई सुझाव दिन जाँदा मोहन शम्शेरका सहोदार माईला भाई बबर शम्शेरले ‘नानी तिमीले त श्री ३ महाराजलाई असल बाटोमा लैजाउला भनेका त झन राणाहरुलाई नै खत्तम गर्ने राय सल्लाह पो दिएछौ ।
पद्म शम्शेर श्री ३ भएपछि उनलाई सुवर्णलाई काठमाडौं झिकाइयो । भारतमा पहिलो एसियन सम्मेलन हुँदा प्रधानमन्त्री जवाहरलाल नेहरुले १९४७ मा सुवर्णलाई बोलाउनु भयो र नेहरुले ‘तपाईंलाई मेरो सरकारको अर्थमन्त्री बनाउन उपयुक्त देखेँ’ भनी प्रस्ताव गर्नु भएको थियो ।
तराईको बिकासको लागि केरला र बैंगलोरको विकास कार्य अध्ययन गरी सुवर्ण नेपाल फर्कनासाथ श्री ३ पद्म शम्शेरलाई सुझाव दिन जाँदा मोहन शम्शेरका सहोदार माईला भाई बबर शम्शेरले ‘नानी तिमीले त श्री ३ महाराजलाई असल बाटोमा लैजाउला भनेका त झन राणाहरुलाई नै खत्तम गर्ने राय सल्लाह पो दिएछौ । एक फेरा रोलबाट निष्कासन गरेको बदला पो लिन थाल्यौ, बुझ श्री ३ रणोद्दिप, श्री ३ देव शम्शेर र खड्ग शमशेरको के हालत भयो, त्यस्तै होला’ भनेर नमिठो बचन लगाए ।
पद्म शम्शेर पछिका रोलवाला राणा मोहन शम्शेर र बबर शम्शेरहरु सुवर्णको अन्तराष्ट्रिय ख्याति र देश विकासको खाका कोर्ने योजनाबाट भयभित जति भएका थिए, सुवर्ण पनि झन असुरक्षित महसुस गरी भोलीपल्टै प्रजातन्त्र घोषणा गर्नुस् नत्र तपाईंलाई पनि धपाउलान भनेर श्री ३ पद्म शमशेरलाई सल्लाह दिन थाले ।
श्री ३ पद्मले पनि सुवर्णको सुझाव गम्भीरतापूर्वक लिएर गर्छु भनेका थिए । तर भोलीपल्ट श्री ३ महाराज पद्म शम्शेरले रुँदै भने ‘म रामभक्त, रक्तपात गर्दिन ।’ त्यही रात सुवर्ण ज्यान जोगाउन उपत्यका छाडेर भागे र त्यही दिन देखि मेजर जनरल सुवर्ण शम्शेर जंगबहादृर राणाले जंगबहादर भन्ने थरको पुच्छर लेख्न छाड्नु भयो ।
यसरी भयो बीपी र सुवर्णको भेट
बीपी पक्राउ परी काठमाडौंको जेलमा हुनुहुन्थ्यो । सुबर्णले कलकत्ताबाटै बीपीको रिहाईको माग गर्नु भयो । सुवर्ण शम्शेरले सूर्यप्रसाद उपाध्यायको परामर्शमा डा. डिल्लीरमण रेग्मीलाई नेपाली राष्ट्रिय कांग्रेसको सभापति बनाउनु भयो र २६ हजार रुपैयाँ दिनु भयो । उपाध्याय र रेग्मीले जहानियाँ राणा शासनका बिरुद्ध एक्सन लिन नसकेको देखेपछि सुबर्ण खिन्न बन्न भयो ।
बीपी जेलबाट निस्कनासाथ भेट गर्नु भयो । बसन्त सम्शेरको चिठी लिएर आएका केदारमान व्यथित र होराप्रसाद जोशीलाई हात हतियार खरिद गर्न भनेर ९ हजार रुपैयाँ दिनु भएको थियो ।
बीपीले कलकत्ता गएर सुवर्ण समशेरलाई भेट गरी नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच बिनासर्त एकीकरण गर्नुभयो । अनि कलकत्ताको टाईगर सिनेमा हलमा मातृका प्रसाद कोइराला सर्बसम्मतबाट नेपाली कांग्रेसको सभापति हुनुभयो ।
नेपाली राष्ट्रिय कांग्रेस एक भए मात्र आर्थिक सहयोग गर्ने प्रस्ताव सुवर्णले गरे पनि सो पार्टीमा दुई धार देखियो । महाबीर शम्शेरलाई समेत समावेस गरी उनले नेपाल प्रजातन्त्र कांग्रेस खडा गर्नु भयो ।
सोही बेला श्री ३ मोहन शम्शेरको दिल्ली भ्रमण भयो र सन १९४९ मा नेपाल र भारतको सन्धी भयो । हातहतियारसहित आफ्ना कार्यकर्ता पाल्पा पस्न खोज्दा गोरखपुरमा खानतलासी र गिरफ्तारी भयो । जसले गर्दा आन्दोलन हुन पाएन ।
सो खबर बीपीले पाएपछि उनी सिधै कलकत्ता गएर सुवर्ण समशेरलाई भेट गरी नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच बिनासर्त एकीकरण गर्नुभयो । अनि कलकत्ताको टाईगर सिनेमा हलमा मातृका प्रसाद कोइराला सर्बसम्मतबाट नेपाली कांग्रेसको सभापति हुनुभयो ।
अनि भयो शसस्त्र क्रान्ति
यसरी बीपी र सुवर्णको भेटपछि पार्टी एकीकरण र लगत्तै शसस्त्र आन्दोलन गर्ने योजना बन्यो । सुवर्णले कलकत्ता स्थित असोक दत्तको घरमा जयप्रकाश नारायण, आजाद हिन्द फौजका ख्यातिप्राप्त जनरल मोहनसिंह ढिल्लनसँग रणनीतिक र चुनौति सामना गर्ने उपायका बारेमा सल्लाह लिनु भयो ।
सुवर्णले कलकत्तामै जनरल अफिसर कमाण्डिङको जिम्मेवारी लिनु भयो । बीपीलाई नेपालको पूर्वी कमाण्ड, महेन्द्रबिक्रम शाहलाभई पश्चिमतर्फको, गणेशमान सिंह र सुन्दरराज चालिसेलाई काठमाडौं उपत्यकाको र मातृका प्रसाद कोइरालालाई डाइरेक्टरको जिम्मेवारी दिइयो ।
त्यही बेला राजा त्रिभुवनले कलकत्ता घुम्ने इच्छा जाहेर गरे । तर उनको साथमा मोहन शम्शेरका विश्वास पात्र कमाण्डिङ जनरल बहादुर शम्शेर राणालाई साथमै राखेर पठाइयो । त्रिभुवन साँझ परेपछि कलकत्तामा बग्गी र गाडीमा भन्दा हिँडेर डुल्न मन पराउँथे ।
बढेमानका ज्यान भएका बहादुर शम्शेर त्रिभुवनको पिछा गर्न सक्दैन थिए । अनि त्रिभुवन र सुवर्णबीच घण्टौं बात चित हुने गर्दथ्यो ।
सँधै बिधी र बीपीको पक्षमा
२००७ सालमा मोहन शम्शेरको अन्तरिम सरकारमा सुवर्ण अर्थमन्त्री र बीपी गृहमन्त्री हुनु भयो । ९ महिनापछि मोहन शम्शेरले पदबाट राजिनामा दिए । अनि त्रिभुवनले सुवर्णलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे तर सुवर्ण यति हदसम्म इमान्दार थिए कि उनले त्यो पद नलिने जवाफ दिए ।
उनको तर्क थियो नेपाली कांग्रेसका सभापति क्रान्तिका डिक्टेटर मातृका प्रसाद कोइरालालाई नै प्रधानमन्त्री बनाइयोस्, मेरा काका मोहन शम्शेरलाई हटाएर मैले प्रधानमन्त्री खानु भनेको तन, मन, धन लगाई बदला भावनाले राजनीति गरेको ठहरिने छ ।
मातृका नेतृत्वको सरकारसँग पार्टीको झगडा भएपछि सुवर्णले बीपीको सल्लाह बमोजिम पुन अर्थमन्त्रीबाट राजिनामा दिनु भयो । उनलाई राजा त्रिभुवनले कुनै पार्टीको नभई स्वतन्त्र रुपले प्रधानमन्त्री पद लिन आग्रह गर्दा फेरि अस्वीकार गरे ।
सुवर्णले आफ्ना पीताजीको नासो प्रजातन्त्र खतम गर्ने काम नगरिबक्स्योस सरकार भनी बिन्ति गरे । तर पनि सुवर्णले बीपीको सरकार बचाउन सकेनन् अन्ततः महेन्द्रले संसदीय प्रजातन्त्रको १७ साल पुसमा एकतन्त्रिय पंचायती व्यवस्था बहाली गरे ।
२०१५ सालको आम निर्वाचन गराउँदा मन्त्रीपरिषद्को अध्यक्ष सुवर्ण नै थिए । नेपाली कांग्रेसले आम निर्वाचनमा १०९ सिटमध्ये ७४ सिटमा विजय हासिल गरेर सरकार बनाउन दुई तिहाई बढी मत ल्यायो । तत्कालिन राजा महेन्द्रले बीपीलाई प्रधानमन्त्रीमा नियुक्त गरी मन्त्रिपरिषद् बिस्तार गर्न निकै आनाकानी गरे ।
राजा महेन्द्रले सुवर्णलाई प्रधानमन्त्री बन्न फेरि आग्रह गरे । तर, सूवर्णमा इमान्दारिता, निष्ठा र आस्था यति धेरै थियो कि ‘सरी, सरकार, मेरो पार्टीको प्रेसिडेण्टलाई छाडेर म अघि बढ्न सक्दिन् । मेरो इमानप्रति देश दुनियाँ र लोकले के भन्ला ? त्यसैले हाम्रो पार्टीका दलका नेतालाई नै प्रधानमन्त्री बनाइयोस भनेका थिए ।
२०१७ साल असोजमा राजा महेन्द्र र सुवर्णसँगै संयुक्त राज्य अमेरिका गएका थिए । यात्रामा सुवर्णसँग महेन्द्रले फेरि गुनासो गरेका थिए कि तिम्रो पार्टीले मलाई खतम गर्न खोज्यो । त्यसो हो भने म पनि तिम्रो पार्टी र सरकारको पक्षमा रहन सक्दिन ।
अनि सुवर्णको जवाफ थियो सरकारको साथमै म भए पछि कसले तपाइँलाई खतम गर्छ ? त्यो हुन सक्दैन । अनि महेन्द्रले मैले चाल्ने कुनै पनि कदमप्रति तिमीले साथ दिनु पर्यो भन्ने प्रस्ताव पुनः गरेका थिए ।
सुवर्णले आफ्ना पीताजीको नासो प्रजातन्त्र खतम गर्ने काम नगरिबक्स्योस सरकार भनी बिन्ति गरे । तर पनि सुवर्णले बीपीको सरकार बचाउन सकेनन् अन्ततः महेन्द्रले संसदीय प्रजातन्त्रको १७ साल पुसमा एकतन्त्रिय पंचायती व्यवस्था बहाली गरे ।

