

बलिउडबाट प्रभावित हलिउडका यी फिल्म

मुम्बई(एजेन्सी)–प्रायः मानिसहरु बलिउडमा अधिकांश फिल्म दक्षिण भारतीय वा विदेशबाट कपि हुने गरेको आरोप लगाउछन् । तर वास्तविकता यो होइन । कैयौं पटक ठिक उल्टो पनि भएको छ । हलिउडका केही फिल्महरु बलिउडबाट कपि गरिएका छन् । यहाँ त्यस्ता केही फिल्मको नाम उल्लेख गरिएको छ, जसको कपि या प्रभाव बलिउडसँग छ ।
डिलिवरी मेन–विकी डोनर
आयुष्मान खुरानाको डेब्यू फिल्म ‘विकी डोनर’ भारतमा मात्र नभई विदेशमा पनि खुबै रुचाइयो । सन् २०१२ मा रिलिज यो फिल्म एक स्पर्म डोनरको कथा हो । फिल्म रिलिजको एक वर्ष पछि सन् २०१३ मा ‘डिलिवरी मेन’ नामक हलिउड फिल्म रिलिज भयो । जसमा विन्स वोन, क्रिस प्रेटजस्ता कलाकारको अभिनय थियो ।
फीयर–डर
हिन्दी फिल्मको कुरा गर्ने हो भने सन् १९९३ मा रिलिज फिल्म ‘डर’ आफ्नो जनराको सुपरहिट फिल्म हो । यो एक पागल प्रेमीको कथा हो । जसमा शाहरुख खानको भूमिकाले फ्यानमा उत्साह प्रदान गरेको थियो । फिल्ममा शाहरुखले आफ्नो प्रेमिका किरण(जुही चावला)को नाम लेख्छन् । शाहरुख र सनी देओलको यो फिल्मलाई विदेशमा सन् १९९६ मा ‘फियर’ नामले बनाइएको थियो । फिल्ममा मार्क वाहल्बर्गले फिल्मकी अभिनेत्री निकोलको नाम छातीमा लेखेकी छन् । फिल्मको निर्देशन जेम्स फोले गरेका छन् ।
लीप इयर–जब वी मेट
हलिउड फिल्म ‘लीप इयर’को कथाको केही भाग शाहिद कपूर र करीना कपूर खान अभिनति फिल्म ‘जब वी मेट’सँग मिल्दछ । फिल्म ‘जब वी मेट’ सन् २००७ मा रिलिज भएको थियो र ‘लीप इयर’ सन् २०१० मा रिलिज भयो । दुवै फिल्ममा युवती आफ्नो प्रेमीसँग विवाह गर्न चाहिन्छन् तर त्यो त्यति सजिलो छैन । दुवैले कैयौं समस्या भोग्नुपर्दछ ।
जस्ट गो विद इट–मैंने प्यार क्यों किया ?
सन् २०११मा रिलिज एडम सेण्डलरको फिल्म ‘जस्ट गो विद इट’को कथा सन् २००५ मा रिलिज सलमान खान र सुष्मिता सेनको फिल्म ‘मैने प्यार क्यों किया?’सँग मिल्दछ । ‘जस्ट गो विद इट’ मा एडम एक प्लास्टिक सर्जनको काम गर्छन् र उनी एक महिलासँग विवाहबाट दुःखी भएको कुरा गरेर उसलाई फ्लर्ट गर्छ । जब उनी महिलाको अगाडि फस्न खोज्छन्, त्यो बेला आफ्नो सहायक(जेनिफर एनिस्टन)लाई नक्कली श्रीमति बन्न आग्ह गर्छन् ।
अ कमन मेन–अ वेन्सडे
नीरज पाण्डेको सन् २००८ मा रिलिज फिल्म ‘अ वेन्सडे’मा नसीरुद्दीन शाह, अनुपम खेर, जिम्मी शेरगिलजस्ता दिग्गज कलाकारले अभिनय गरेका छन् । यसको पाँच वर्ष पछि सन् २०१३ मा ‘अ कमन मेन’ नामक फिल्म रिलिज भयो । दुवै फिल्ममा आतंकवादी हमलाबाट आतंकित भएर एक आम मानिसले आतंकवादीलाई सब सिकाउन गरेको कथा छ ।
विन अ डेट विद टेड हेमिल्टन–रंगीला
सन् १९९५ मा रिलिज आमिर खान, ज्याकी श्राफ र उर्मिला मातोंडकर अभिनित फिल्म ‘रंगीला’सँग मिल्दोजुल्दो फिल्म ‘विन अ डेट विद टेड हेमिल्टन’सन् २००४ मा रिलिज भएको थियो । यसमा केट बसवर्द, ट्रोफर ग्रेस र नाथन लेनले अभिनय गरेका थिए ।
हिच–छोटी सी बात
डेभिड धवनको सन् २००७ मा रिलिज फिल्म ‘पार्टनर’ विल स्मीथको सन् २००५ मा रिलिज फिल्म ‘हिच’सँग प्रेरित जस्तो देखिन्थ्यो । तर कथा भने फरक थियो । विल स्मिथको फिल्म ‘हिच’ सन् १९७६ मा रिलिज फिल्म ‘छोटी सी बात’बाट प्रेरित थियो । फिल्म ‘छोटी सी बात’मा अमोल पालेकर, विद्या सिन्हा र अशोक कुमारको अभिनय थियो ।
पर्ल हार्बर–संगम
सन् २००१ मा रिलिज फिल्म ‘पर्ल हार्बर’मा बेन एफलेक, केट बेकिंल र जोश हार्टनेट जस्ता कलाकारको अभिनय थियो । फिल्म एक युद्धको पृष्ठभूमिमा प्रेमको त्रिकोणलाई दर्शाउथियो । यो फिल्म सन् १९६४ रिलिज फिल्म ‘संगम’सँग मिल्दोजुल्दो थियो । यो फिल्ममा राज कपूर, राजेन्द्र कुमार र वैजन्तीमालाको अभिनय थियो ।

