प्रधान सेनापतिद्वारा पूर्वी कमाण्ड हेडक्वार्टर हिलेको निरीक्षण


धनकुटा – प्रधान सेनापति महारथी प्रभुराम शर्माले पूर्वी कमाण्ड हेडक्वार्टर हिले तथा श्री बरख गणको निरीक्षण भ्रमण गरेका छन् ।

शर्माले भ्रमणको दौरान मंगलबार कमाण्ड हेडक्वार्टरमा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना र प्रदेशहरुसँगको समन्वयको व्यवस्था लगायतका विषयहरुमा जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका थिए ।

उक्त अवसरमा शर्माले बुधबार मकवानपुर जिल्ला, भीमफेदीस्थित चिसापानी गढीको संरक्षण, प्रवर्द्धन तथा उचित व्यवस्थापन गर्नको निमित्त स्थापना हुन लागेको “गढी संरक्षण तथा सौन्दर्यीकरण आयोजना” को शिलान्यास गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ । त्यसपछि शर्मा त्यतैबाट काठमाडौं फर्कने पनि नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया