नेपाली सेनाका यी ७८ ले पाउने भए राष्ट्रपतिबाट विभिन्न पदक


काठमाडौं – आठौं संविधान दिवस, २०७९ का अवसरमा नेपाली सेनाका उच्च अधिकृतदेखि सिपाहीसम्मका विभिन्न पदका ७८ जना विभूषित भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा मुलुकका विभिन्न लब्ध प्रतिष्ठित र मुलुकलाई योगदान पुर्याएका व्यक्तिहरुलाई पदक प्रदान गर्ने भएकी हुन् ।

सरकारले सुकीर्तिमय राष्ट्रदीपबाट अवकाशप्राप्त उपरथी नरबहादुर कँडेललाई सम्मान गर्ने भएको छ ।

त्यस्तै सुप्रबल जनसेवाश्रीबाट उपरथी अशोकराज सिग्देल, पाइलट उपरथी आशिष नरसिंह राणा सम्मानित हुने भएका छन् । त्यस्तै सहायक रथी कृष्णदेव भट्ट, सुदर्शन सिल्वाल, चोकबहादुर ढकाल, कुमार बाबु थापा, प्रकाश देउजा, यामबहादुर सापकोटा, डा. भुवनराज कुँवर, कृष्ण बहादुर जिसी, किरण केसी, गजेन्द्रनाथ कर्माचार्य, डा. रत्ना अधिकारी खत्री, गौरवकुमार केसी, महासेनानी अनुप विक्रम राणा, उज्ज्वल थापा, सुवाश थापा सम्मानित हुने भएका छन् ।

त्यस्तै प्रवल जनसेवा श्रीबाट प्राविधिक प्रमुख डा. नारायण थापा, प्रमुख सेनानी विश्वनाथ तिमिल्सिना, विजय भण्डारी, अर्जुन दुलाल, निर्मल कुमार श्रेष्ठ, मिलन थापा सम्मानित हुने भएका छन् । त्यस्तै सेनानी समिरबहादुर बस्नेत, किशोर अधिकारी, सुष्मिता थापा मगरलाई पनि प्रबल जनसेवाश्रीबाट सम्मानित गरिने भएको छ ।

त्यस्तै परम पौरख भास्करबाट प्रमुख सेनानी निकल कुँवर र चन्द्रशेखर काप्री सम्मानित हुने भएका छन् ।

त्यस्तै अति पौरख भास्करबाट महासेनानी हरिबहादुर चौहान, डा. अजयराज भण्डारी (प्राविधिक), प्रमुख सेनानी अर्जुन अधिकारी, संगीत पुन, विजयदेव कुँवर, उमेश श्रेष्ठ, उत्तम थापा (अ.प्रा.), प्रकाशबहादुर सिंह सम्मानित हुने भएका छन् ।

त्यस्तै महापौरख भाष्करबाट प्रमुख सेनानी दिनेश बानियाँ, बरुण केसी (खत्री), सगुन शम्शेर जबरा, नकुल थापा सम्मानित हुने भएका छन् । त्यस्तै सेनानीहरुमा कमानसिंह गुरुङ, चन्द्रध्वज चन्द, भुदीपराज कणेल, आसीना कार्की, जनार्दन सिल्वाल सम्मानित हुने भएका छन् । त्यस्तै सहसेनानी झकेन्द्रकुमार घले गुरुङ, सुवर्ण कुमाई, सुमनविक्रम शाह, हेमलाल तामाङ सम्मानित हुने भएका छन् । त्यस्तै सुवेदार हेमबहादुर थापा, रमेश पौडेललाई पनि महापौरख भाष्कर प्रदान गरिने भएको छ । त्यस्तै जमदार लोगेन्द्रबहादुर खड्का, नारारयण चौधरी र सिपाही रेशम वाग्लेलाई पनि महापौरख भाष्करबाटै सम्मानित गरिने भएको छ ।

त्यस्तै सगरमाथा पदकबाट सहसेनानी अनुप सिंह भण्डारी, राजु श्रेष्ठ, गणेश कार्की, जितेन्द्र कार्की, प्रमुख सुबेदार कृष्णभक्त पौडेल, अमल्दार देवीप्रसाद न्यौपाने, सिपाही खिमलाल वली, अमित थापा र कविराज घर्तीमगर सम्मानित हुने भएका छन् ।

वीरता पदकबाट सेनानी सविन रायमाझी, सहसेनानी बाबरप्रताप शाह, उपसेनानी प्रवेश विष्ट र मंगल श्रेष्ठ, जमदार प्रमोद कार्की, अमल्दार खबिलाल सुनार, सरोज निरौला सम्मानित हुने भएका छन् ।

त्यस्तै प्राकृतिक प्रकोप पीडितोद्धार पदक जमदार गोविन्द कुमार कार्की, हुद्दा यज्ञबहादुर गुरुङ, महेन्द्रकुमार शाह, सिपाही मनोज नेपाली, गजेन्द्र राउत र दिपेन्द्र सुनारले पाउने भएका छन् ।

त्यस्तै विकास रत्न पदक जमदार माधव पौडेलले पाउने पनि जनाइएको छ ।

प्रतिक्रिया