३ जना दुईतारे र २ जना एकतारे जर्नेललाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडाैं – उपरथी (२ तारे जर्नेल) मा बढुवा भएका तीन जना सहायक रथी र सहायकरथी (एकतारे जर्नेल) मा बढुवा भएका २ जना महासेनानीलाइ प्रधानसेनापति प्रभुराम शर्माले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णय अनुसार बढुवा भएका सहायक रथीत्रय दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई सेनापति शर्माले आज (बुधवार) जङ्गीअड्डामा दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

उपरथीमा बढुवा भएका कुमार बानियाँलाइ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, उपरथी होमनाथ दवाडीलाइ निरीक्षणाधिकृत विभागका प्रमुख र उपरथी यामप्रसाद ढकाललाइ युद्ध मद्दती तथा युद्ध-सेवा मद्दती विभागका प्रमुखमा नियुक्ति गरिएकाे नेपाली सेनाले जनाएको छ ।

सहायक रथी दर्जामा पदोन्नति भएका २ जना महासेनानी लाई प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

प्रतिक्रिया