

प्रधानसेनापति शर्मा कात्तिक २३ मा भारत जाने, भारतीय राष्ट्रपतिबाट सम्मानित हुँदै

काठमाडौं — नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले २३ कात्तिकदेखि २६ कात्तिकसम्म तीनदिने भारत भ्रमण गर्ने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालय मार्फत भएको भारत भ्रमण सिफारिस स्वीकृत गरेको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा भारत जान लागेका हुन् ।
प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोभिन्दले विशेष समारोहकाबीच भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्नेछन् ।
नेपाल र भारतबीच एकअर्काका सेनापतिलाई मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने परम्परा रहेको छ ।

