BREAKING: सैनिकद्वय गुरुङ र तामाङलाई छुटाउन सेना पुग्यो चितवन कारागार


चितवन – सैनिकद्वय लबकुमार गुरुङ र सरोज तामाङलाई जेलबाट छुटाउनका लागि सैनिकको गाडी चितवन कारागार पुगेको छ ।

एसएमजी चोरीको आरोपमा साढेदुई वर्षदेखि जेलजीवन बिताई रहेका दुई सैनिक निर्दोष भएको सैनिक विशेष अदालतको फैसलापछि तत्काल रिहाइको आदेशसँगै फैसला र पत्र लिएर नेपाली सेनाको गाडी चितवन कारागार प्रवेश गरेको हो ।

चितवनको कालीबहादुर गणबाट हराएको एसएमजी हतियार चोरी गरेको आरोपमा जेल परेका सैनिकद्वय लबकुमार गुरुङ र सरोज तामाङ सैनिक विशेष अदालतबाट निर्दोष ठहरिएपछि आज छुट्ने भएका छन् ।

सैनिक विशेष अदालतले शुक्रबार बिहान फैसला गर्दै हतियार चोरीको आरोपमा जेल परेका दुई सैनिक निर्दोष भएको ठहर गरेपछि तत्काल रिहा गर्नका लागि चितवन कारागार प्रशासनलाई फैसलासहित पत्र लिएर सैनिकको गाडी कारागारभित्र गएको हो ।

सैनिकद्वयलाई उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित रक्षा सचिव बोगेन्द्रराज शर्मा पौडेल र सेनाको प्राड विवाक प्रमुख उपरथी रत्नप्रकाश थापा संलग्न इजलासले सफाई दिएको हो ।

प्रतिक्रिया