अनाहकमा दुईवर्ष जेल बसेपछि फर्किएको खुशी… (फोटोफिचर)


चितवन – एसएमजी चोरीको आरोपमा साढे दुई वर्षदेखि जेलजीवन बिताई रहेका दुई सैनिक लबकुमार गुरुङ र सरोज तामाङ शुक्रबार जिल्ला कारागार चिवतनबाट छुटेका छन् ।

चितवनको कालीबहादुर गणबाट हराएको एसएमजी हतियार चोरी गरेको आरोपमा जेल परेका सैनिकद्वय गुरुङ र तामाङ सैनिक विशेष अदालतबाट निर्दोष ठहरिएपछि आज (शुक्रबार) छुटेका हुन् ।

उनीहरुलाई लिन कालीबहादुर गणबाट सेकेन्ड लेफ्टिनेन्ट रोहण अधिकारीको कमाण्डमा नेपाली सेनाको बा २ झ ३२७३ नम्बरको गाडी आएको थियो । सेनाले अदालतको पत्र कारागार प्रशासनलाई बुझाएपछि सेनाकै रोहबरमा कारागारमुक्त गरिएको थियो ।

उनीहरुलाई कारागारमुक्त गरिएपछि कारागारपरिसरमै केहीबेर फोटोसेसन गरेका थिए । कारागारबाट रिहा भएपछि उनीहरुलाई गणमा नै हाजिर गराउन लगिएको छ ।

उनीहरूको रिहाइका बखत कारागारबाहिर गुरूङ र तामाङका परिवारका साथै उक्त मुद्दाबारे चासो राख्ने अन्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया