नेपाली सेनाले निकाल्यो ४ हजार जनाको विज्ञापन (विज्ञापनसहित)


काठमाडौं – नेपाली सेनाले सैन्य पदका लागि विज्ञापन प्रकाशित गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभाग जंगी अड्डाले शुक्रबार एक सूचना प्रकाशित गर्दै नेपाली सेनाका लागि ४ हजार भन्दा बढी पदमा दरखास्त आह्वान गरेको हो ।

सूचनाका अनुसार खुल्लातर्फ २०९६ जना, कर्तव्य पालनाका सिलसिलामा अशक्त वा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका तर्फबाट १०८ जना, समावेशीतर्फ महिला ३६०, जनजाती ५७३, मधेसी ५०५, दलित २७३ र पिछडिएका क्षेत्रबाट ८५ जना गरी जम्मा चार हजार जनाका लागि विज्ञापन निकालेको हो ।

सूचना अनुसार आगामी असोज १६ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ ।

सूचनाः

 

 

प्रतिक्रिया