
चितवन एसएमजी चोरी प्रकरणः सैनिकद्वय गुरुङ र तामाङ निर्दोष ठहर !
काठमाडौं – नेपाली सेनाको सैनिक विशेष अदालतबाट सैनिकद्वय लवकुमार गुरुङ र सरोज तामाङ एसएमजी चोरी प्रकरणमा निर्दोष ठहर भएका छन् । सैनिक स्रोतका अनुसार बिहीबार भएको बहसपछि सैनिक द्वयलाई सफाई दिँदै दुई वर्षसम्म बढुवा रोक्ने आदेश दिएको छ ।
चितवनस्थित कालीबहादुर गणबाट एसएमजी हतियार चोरीको आरोपमा साढे दुई वर्षदेखि जेलमा राखिएका दुई सैनिकले पुनरावेदन गरेको मुद्दामा बहस पछि उक्त आदेश भएको सैनिक स्रोतले जनाएको छ।
सैनिक स्रोतका अनुसार बहसपछि तयार भएको फैसलामा उनीहरु कार्यरत रहँदा बखतको कार्यशैलीलाई आन्तरिक मूल्यांकन गर्दै दुई वर्षको लागि बढुवा रोक्का गर्ने फैसला भएको जनाइएको छ ।
सेनाको गणबाट हराएको भनिएको हतियार चितवनमा एक सैनिकको हत्यामा सैनिककै जवान गंगाधर ढकालले प्रयोग गरेको र उक्त हतियार पनि ढकालले नै चोरेको पुष्टी भएपछि आरोपीद्वय गुरुङ र तामाङ निर्दोष ठहरिएका हुन् ।
साढे दुई वर्षअघि सैनिकद्वय गुरुङ र तामाङले सेनाको गणबाट हतियार चोरेको आरोप लागेपछि कैद भुक्तान गरिरहेका छन् ।
२०७६ वैशाख ६ गते तत्कालिन सैनिक अदालत अध्यक्ष सहायक रथी सहदेव खड्काकाे फैसलाले गुरूङलाई १० वर्ष र तामाङलाई ७ वर्षको जेल सजाय सुनाएको थियो ।



कागजपत्र |
