भर्चुअल विधिमा मानव अधिकार फिल्म महोत्सव
काठमाडौं–मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा आठौं नेपाल मानव अधिकार अन्र्तराष्ट्रिय भच्र्युअल फिल्म महोत्सव हुने भएको छ । केन्द्रले प्रत्येक वर्ष नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्दै आइरहेकोमा यस वर्ष कोभिड–१९ को महामारीका कारण यसवर्ष भर्चुअल विधिबाट मंसिर १० देखि १५ महोत्सव आयोजना गर्न लागेको हो ।
कार्यक्रममा ५२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका फिल्महरु प्रसारण गरिने छ । प्रसारण हुने फिल्महरु महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट फिल्महरु प्रसारणका लागि छनोट गरिएको हो । यस महोत्सवमा चलचित्रहरु चलचित्र टिभी एपमार्फत प्रशारण गरिने छ भने अन्य छलफल, अन्र्तक्रिया तथा बहसहरु जुममार्फत गरिने छ । आयोजकले फिल्मकर्मीसँगको अन्र्तक्रिया, प्लानल डिस्कशन लगायतका कार्यक्रमहरु तय गरेको छ ।
महोत्सवमा ‘एसियाली सिनेमामा महिलाः उपयुक्त चित्रण सहभागिता’, ‘नेपाली सिनेमा युवाः हामी के हेर्न चाहान्छौं’ ‘अल्पसंख्यक सिमान्कृत समुदाय सवालः सिनेमाको भूमिका’ विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरुसँग अन्र्तक्रिया तथा छलफल पनि गरिनेछ ।
राष्ट्रिय मानव अधिकार आयोग सह– आयोजना, चलचित्र विकास बोर्डको प्रवद्र्धन र युरोपियन युनियन, नेपालका लािग जर्मनी दूतावास, शान्तिका लागि कला, आई.ओ. एम. लगायतको सहकार्य र दजनौं संघसंस्थाको एक्यवद्धतामा महोत्सवको आयोजना हुनेछ ।