सन्तोषको ‘प्रेम गीत-३’कोे हिन्दी भर्सनको सम्पादन गरे सञ्जय संकलाले?


काठमाडौं – चलचित्र ‘प्रेम गीत–३’कोे हिन्दी डविङपछिको सम्पादन सकिएको छ । मुम्बईमा सम्पादनको काम सकिएको निर्देशक तथा निर्माता सन्तोष सेनले जानकारी दिए । उनका अनुसार सञ्जल संकलाले ‘प्रेम गीत–३’को हिन्दी भर्सन सम्पादन गरेका हुन् ।

‘भाषागत हिसाबमा प्रेम गीत–३ को टेबलको काम सकियो । भारतका चर्चित सम्पादक सञ्जय संकला जसले कुछ् कुछ् होता है, कल हो ना हो, राउडी राठोर, प्रेम रतन धन पायो, धमाललगायत सैयौं चलचित्रमा आफ्नो कुशलता देखाइसक्नु भएको छ,’ सन्तोष भन्छन्, ‘उनै दिग्गजमार्फत हाम्रो चलचित्रलाई पनि सुनमा सुगन्ध थप्न कुनै कसर बाँकी राखेका छैनौं ।’

सञ्जयले सय/दुईसय करोडका चलचित्रमा काम गरे पनि सानो इन्डस्ट्रीबाट आएको आफ्नो चलचित्रलाई उत्तिकै प्राथमिकता दिएर काम गरेको सन्तोष बताउँछन् । ‘प्रेम गीत–३’को सञ्जयले मुक्त कण्ठले चलचित्रको लोकेशन, कलाकार र सिङ्गो चलचित्रको तारिफ गरेको उनी बताउँछन् ।

‘सम्पादन र ट्रेलरको काम सकियो,’ उनी भन्छन्, ‘अहिले मिक्सिङको काम भइरहेको छ । सँगै हामी मार्केटिङको योजना र रिलिज डेट लिनेबारे पनि काम गरिरहेको छु ।’

सन्तोष चलचित्र ‘प्रेम गीत-३’ हिन्दीको हिन्दी भर्सन तयार गरेर भारतमा रिलिज गर्ने तयारी गरिरहेका हुन् । यसका लागि उनी लामो समयदेखि भारतमा बसेर काम गरिरहेका छन् । ५०० देखि हजारवटा स्क्रिनमा रिलिज गर्ने उनको तयारी छ । यसका लागि वितरकले बचन दिइसकेको उनी बताउँछन् ।

नेपालमै महंगो लगानीमा निर्माण गरेको उनको यो चलचित्रले भारतमा नेपाली चलचित्रको ढोका खोल्ने सन्तोषको विश्वास छ । भारतमा आफ्नो चलचित्र प्रदर्शन गर्न सके नेपाली चलचित्रको बजार विस्तार हुने उनी बताउँछन् ।

प्रतिक्रिया