


गायिका रचना रिमाल अस्पताल भर्ना

काठमाडाैं- गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन्। सांगीतिक कार्यक्रममा सहभागी हुन रूकुम पश्चिम पुगेकी रिमालको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै नेपालगञ्ज लगिएको थियो। त्यसपछि मंगलबार बिहान नेपालगञ्जबाट काठमाडौं ल्याएर ह्याम्स अस्पतालमा भर्ना गरिएको स्रोतको जानकारी छ।
रिमाल सोमबार रूकुम पुगेकी थिइन्। उनले मंगलबार सानिभेरी गाउँपालिकाको बेलटापुमा भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी गरेकी थिइन्। तर मंगलबार बिहान अचानक पेट दुखेपछि कार्यक्रम रद्द गरी तत्काल काठमाडौं ल्याइएको बताइएको छ।

