भारतको पुणेमा इन्द्रायणी नदीमाथिको पुल भासिँयो, ३० पर्यटक बेपत्ता


काठमाडौं– भारतको महाराष्ट्र राज्यको पुणे जिल्लास्थित मावल तालुकामा रहेको कुंदमाला पर्यटकीय क्षेत्रमा ठूलो दुर्घटना भएको छ। इन्द्रायणी नदीमाथि बनेको पुरानो पुल अचानक ढल्दा करिब २५ देखि ३० जना पर्यटक नदीमा बगेको आशंका गरिएको छ।

स्थानीय अधिकारीहरूका अनुसार आइतबार दिउँसो पर्यटकहरूले भरिएको बेला पुल एक्कासी भासिएको हो। पुलमा त्यति बेला ठूलो भीड रहेको र पुरानो संरचना भएकाले पुलले भार थेग्न नसकेर भासिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

पुलसँगै नदीमा बगेका व्यक्तिहरूमध्ये केहीको खोजीकार्य जारी रहेको बताइएको छ। घटनास्थलमा उद्धार टोली परिचालन गरिएको छ भने खोजी कार्यलाई तीव्र पारिएको छ।

यस घटनाले सन् २०२२ को अक्टोबरमा गुजरातको मोरबीमा भएको भयावह दुर्घटनाको सम्झना दिलाएको छ। सो घटनामा १३५ जनाको ज्यान गएको थियो। मोरबीमा पनि क्षमता भन्दा धेरै मानिस ब्रिजमा भएका कारण ब्रिज भासिएको थियो।

 

प्रतिक्रिया