
जिपलाइनको केबल टुट्दा खोंचमा खसिन् बालिका
काठमाडौं– भारतको हिमाचल प्रदेशस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य मनालीमा घुम्न गएकी एक बालिका जिपलाइन खेल्ने क्रममा ३० फिट तल खस्दा गम्भीर घाइते भएकी छन्।
नागपुर (महाराष्ट्र) निवासी प्रफुल्ल बिजवे उनकी श्रीमती र छोरी त्रिशासहित गर्मीको छुट्टी मनाउन मनाली पुगेका थिए। जेठ २६ गते गते त्रिशा जिपलाइनमा झुन्डिएर एउटा डाँडाबाट अर्को डाँडातर्फ जान लागेकी थिइन्। त्यही क्रममा अचानक जिपलाइनको केबल टुटेपछि उनी ३० फिट गहिरो खोंचमा खसेकी हुन्।
त्रिशालाई तत्काल मनालीको स्थानीय अस्पतालमा लगिएको थियो। तर अवस्था गम्भीर देखिएपछि उनलाई चण्डीगढ़स्थित अस्पताल र पछि नागपुरको निजी अस्पतालमा लगिएको छ। हाल त्रिशाको उपचार त्यही अस्पतालमा भइरहेको छ।
त्रिशाका परिवारले जिपलाइन सञ्चालन गर्ने पक्षले पर्याप्त सुरक्षा प्रवन्ध नगरेको आरोप लगाएका छन्। घटनापछि स्थानीय प्रशासन वा जिपलाइन सञ्चालकले कुनै तात्कालिक सहायता नगरेको भन्दै उनीहरूले गुनासो गरेका छन्।
घटनापछि बच्चीको परिवार आफैंले उद्धार र उपचारको सम्पूर्ण पहल गर्नुपरेको भन्दै उनीहरूले दु:ख व्यक्त गरेका छन्।



कागजपत्र |
