बढ्यो सुनको मुल्य, तोलाको ९२ हजार पुग्यो


काठमाडौं – नेपाली बजारमा छापावाल सुनको मूल्‍य तोलामा ९२ हजार रुपैयाँ पुगेको छ ।

सोमबार तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्‍य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्‍य तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो । यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ५१ हजार पँच सय रुपैयाँ पुगेको छ ।

यस्तै चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ पुगेको छ । आइतरबार चाँदीको खरिद बिक्री मूल्य १३ सय ४५ रुपैयाँ थियो ।

प्रतिक्रिया