वैदेशिक रोजगारः भ्रम र यथार्थ


वैदेशिक रोजगार– यी दुई शब्द, करिब पछिल्लो तीन दशकदेखि नेपाली जनमानसमा सबैभन्दा बढी भिजेका शब्द । हरेक युवा, जो २४ सै घन्टा परिश्रम गरेर देशका लागि केही गर्न सक्छ, समाजको लागि केही गर्न सक्छ तर बाध्यता छ परिवारको लागि केही गर्नका लागि श्रम बेच्न विवश छ ।

कुनै पनि बालक युवा बनेपछि सबैभन्दा पहिलोपटक सोच्ने भनेको विदेशका बारेमा नै हो, चाहे त्यो अबरको खाडीमा पसिना बगाउन होस् वा चाहे विकसित मुलुकमा घन्टा हान्दै विश्वविद्यालय धाउन होस् । यसको प्रमुख कारण देशमा देखिएको अशान्ति, अस्थिरता अनि सुरक्षित भविष्यको सुनिश्चितताको अभाव ।

नेपालमा पनि विगत तीनदशक रोजगारीका लागि नै विदेशीने क्रम बढ्दो क्रममा रहेको छ । प्रत्येक वर्ष करिब ५ लाख बढी सक्षम युवाहरुले अरबका खाडीहरु हरियाली बनाएका छन् ।

जनताको सहजताका लागि सरकारी सेवालाई पेशा बनाएर जीवन धानीरहेका कर्मचारीहरु सकारात्मक हुनसक्नुपर्छ । कार्यालयमा गएर काम गर्नुपर्दा ‘यिनीहरुको लागि त काम गरिरहेको छु’ भन्ने भन्दा पनि सोही कामबाट प्राप्त तलबले ‘आफ्नो परिवार पालिरहेको पनि छु’ भन्ने सोच्न सक्नुपर्दछ । जबसम्म कर्मचारीले व्यवसाय र व्यवसायीप्रति सकारात्मक सोच राख्न सक्दैन, यो वैदेशिक रोजगारको क्षेत्र कहिल्यै पनि पूर्णविवादरहित र समस्यारहित बन्न सक्दैन ।

वैदेशिक रोजगार र त्यससँग सम्बन्धित व्यवसायी भन्ने बित्तिकै नकारात्मक सोचको भ्रम तोड्न नसकिएको अर्को सबैभन्दा तीतो यथार्थ हो । देशका सबैभन्दा उर्जाशील युवाहरुलाई विदेशको खाडीमा पसिना बगाउन बाध्य बनाउने सरकार आफैं पनि वैदेशिक रोजगार र यससँग सम्बन्धित व्यवसायीप्रति सकारात्मक रहन कहिल्यै पनि नसकेको अवस्था छ ।

नेपालको पछिल्लोक्रमलाई हेर्दा वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सबिना हरेक नेपालीले ‘सुख’ र ‘सुविधा’ देख्ने परिकल्पनासम्म गर्न सकिँदैन । अधिकांश भूभाग ग्रामीण परिवेश नै रहेको नेपालका अधिकांश युवाहरु अरबको खाडीदेखि लिएर विकासशील देशमा श्रम गर्न जान बाध्य छन्, यसको प्रमुख कारण भन्नु नै देशको राजनीतिक अस्थिरता अनि भविष्यको सुनिश्चितताको अभाव हो ।

बालकबाट युवा बन्दै गरेको नवजवानले भविष्यमा के गर्ने भन्ने विषयमा सोच्नु भन्दा पनि भरे के खाने भनेर सोच्नुपर्ने अवस्था आएसम्म पसिनाको मूल्य पराईलाई बेच्नु पर्ने बाध्यता देशबाट हट्ने छैन ।

वैदेशिक रोजगारको क्षेत्रमा सबैभन्दा नजिक रहेर सरोकार राख्ने सरकारी निकाय होस् वा प्राइभेट कम्पनी हुन् वा सम्बन्धित व्यवसायी, सबैले यस व्यवसाय, व्यवसायी र देशको परिस्थिति बारे सकारात्मक हिसाबले सोच्ने हो भने पक्कै पनि अहिलेको परिस्थिति सिर्जना हुने थिएन ।

नियामक निकाय

वैदेशिक रोजगारका लागि सबैभन्दा तालुकदार सरकारी निकाय भनेको वैदेशिक रोजगार विभाग नै हो । जसको भूमिका कुनै पनि कामदार विदेश जानका लागि राहदानी बनाइसकेपछि करार अवधि समाप्त भएर नफर्किन्जेलसम्म अतुलनीय नै छ । कुनै व्यवसायीले विदेशस्थित विभिन्न कम्पनीहरुबाट कामदारमा नेपाली कामदारहरुको माग (डिमाण्ड) लिएर आएदेखि नै विभाग प्रत्यक्ष रुपमा त्यसप्रति जिम्मेवार हुनुपर्ने देखिन्छ ।

कुनै व्यवसायीले डिमाण्ड ल्याउनका लागि पनि नेपालको आधिकारिक सरकारी निकायबाट स्वीकृति लिनु पर्ने अवस्था छ, जसका लागि प्रत्यक्ष भूमिका विभागले नै खेल्नुपर्ने देखिन्छ । विभागले माग आईसकेपछि मान्छे सम्बन्धित कम्पनीमा नपुगुन्जेलसम्म मात्र होइन कि करार अवधिसम्म पनि त्यस व्यक्तिको बारेमा सरोकार राख्नुपर्ने हुन्छ । कुनै पनि व्यक्तिले सही कम्पनीमा पुग्यो कि पुगेन ? तलब पायो कि पाएन ? सम्झौताअनुसारको तलब पायो कि पाएन ? ती सबै कुराहरुमा विभाग जानकारका साथै जिम्मेवार पनि रहनुपर्दछ ।

सम्बन्धित देशको दूताबासबाट प्रमाणित गरेर ल्याइएको डकुमेन्टका आधारमा कामका लागि स्वीकृति दिने विभागले कामदार ठगिएको खण्डमा म्यानपावर व्यावसायी मात्र होइन आफू र सम्बन्धित दूताबासले पनि ‘दोष’को जिम्मेवारी लिनुपर्छ भन्ने सोचाईबाट भाग्नु हुँदैन । नेपाल सरकारकै मातहतमा रहेको कुटनीतिक नियोगबाट प्रमाणित भएको कागजातका आधारमा स्वीकृति दिने विभागले भविष्यमा आईपर्ने समस्याबाट आफू पूर्ण दोषरहित रहँदै व्यावसायीलाई मात्र कारबाहीको दायरामा ल्याएर ‘मिडियाबाजी’ गर्नु व्यावसायीप्रतिको दुर्भावना हुनसक्दछ ।

व्यवासायीलाई सधैं नकारात्मक सोच राख्दै ठग, फटाहा र दुई नम्बरी काम मात्रै गर्ने हुन् भन्दै सोच आउन नदिन कुनै बेला सरकारी निकायले सही काम गर्ने व्यवसायीको बारेमा पनि मिडियाबाजी गर्दा कुनै फरक पर्दैन । यदि, त्यस्तो भएमा अन्य म्यानपावरहरुका लागि पनि प्रेरणाको स्रोत बन्न सक्नेमा कुनै शंका छैन ।

त्यसका साथै जनताको सहजताका लागि सरकारी सेवालाई पेशा बनाएर जीवन धानीरहेका कर्मचारीहरु सकारात्मक हुनसक्नुपर्छ । कार्यालयमा गएर काम गर्नुपर्दा ‘यिनीहरुको लागि त काम गरिरहेको छु’ भन्ने भन्दा पनि सोही कामबाट प्राप्त तलबले ‘आफ्नो परिवार पालिरहेको पनि छु’ भन्ने सोच्न सक्नुपर्दछ । जबसम्म कर्मचारीले व्यवसाय र व्यवसायीप्रति सकारात्मक सोच राख्न सक्दैन, यो वैदेशिक रोजगारको क्षेत्र कहिल्यै पनि पूर्णविवादरहित र समस्यारहित बन्न सक्दैन । कुनै पनि कर्मचारीले त्यही विभागमा सरुवाका लागि लाखौं रकम खर्च गर्न तयार हुन्छ भने हामीले बुझ्नु पर्ने यथार्थता के हो भने लाखौं खर्चिएको कर्मचारीले करोडौं कमाउने सपना देखेको हुन्छ र त्यहीअनुसारको कार्य अगाडि बढाउन खोज्छ । व्यवसायीलाई विभिन्न झन्झट र झमेला देखाएर कामको सहजतालाई असहजता पुर्याउन खोज्नु कर्मचारीको सबैभन्दा नकारात्मक पाटो हो ।

कतिपय अवस्थामा कर्मचारीकै कारण गरिब नेपालीहरुले दुःख पाउनु परेका छन् । अप्ठेरोमा परेका कामदारलाई झन् अप्ठेरो देखाईदिएर पैसा असुल्ने प्रवृत्ति पनि देखिएका छन् । सर्वसाधारणलाई कार्यालय प्रवेशमा असहज बनाउने तर केही व्यक्तिहरुलाई भने सेटिङकै भरमा काम गरिदिने परिपाटी भएसम्म विभाग जनउत्तरदायी हुन नसकेको ठानिन्छ । कतिपय अवस्थामा विभागले स्वीकृति नदिएको खण्डमा सिधै विमानस्थलमा पनि सेटिङ हुन्छ भन्ने सुनिनु कर्मचारी आर्थिक लाभबाट प्रभावित हुनु हो भन्ने बुझिन्छ । म्यानपावरमा मात्र नभई अभिमुखीकरण, मेडिकल, टेक्निकल ट्रेनिङ सेन्टरलगायतका व्यावसायमा पनि कर्मचारीले आँखा लगाउनु पनि सर्वसाधारणमाथी आर्थिक भार बढाउनु हो भन्न सकिन्छ ।

व्यवसायी

वैदेशिक रोजगारीको क्षेत्रमा व्यावसाय सञ्चालन गरेका म्यानपावर व्यवसायीलाई सबैभन्दा आँखाको तारो बनाइएको हुन्छ । तर, सबै व्यवसायी त्यस्ता हुँदैनन् जसले सोझा नेपालीलाई अरबको खाडीमा वर्षौंसम्म दास बनाएर आफू चिल्ला गाडी र महलमा दिन बिताऔं भन्ने । हुन त नेपालमा पछिल्लो समय चिल्ला गाडी र महल भन्ने बित्तिकै म्यानपावर व्यवसायीकै हो कि भन्ने भ्रम जनमानसमा नरहेको पनि होइन । त्यसैलाई चिर्न पनि वैदेशिक रोजगार व्यवसायी महासंघ लाग्नु पर्ने देखिन्छ । महासंघ व्यवसायीको मात्र संस्था नभएको र समाजप्रति उत्तरदायी पनि रहनुपर्ने भएको हुनाले आप्mनो व्यक्तिगत स्वार्थलाई मात्रै प्राथमिकता नदिई सामान्य नेपालीको जीवनस्तरलाई सहज बनाउनका लागि पुलको काम गर्नुपर्दछ ।

वैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने देशभर विभिन्न संघ संस्थाहरु छन् । जसले आफूलाई अनुकूल हुने गरी कर्मचारीदेखि लिएर राजदूत नियुक्तिका लागि सम्म पनि पहुँच पुर्याउँछन् । कतिपय ठूला भनिएका व्यावसायीहरुले आफू अनुकूलको कर्मचारी सरुवाका लागि ठूलै लबिङ गर्ने गरेको पनि यदाकदा सुन्न पाईन्छ । कतिपय अवस्थामा मन्त्री नै परिवर्तनको कारण पनि व्यावसायी हुनसक्ने समाचार आईरहने हुनाले राज्यसंयन्त्रमा पनि व्यावसायीको बलियो पहुँच रहेको स्पष्ट हुन्छ ।

अथवा, यस व्यावसायमा कतिपय व्यक्तिहरु अप्रत्यक्ष सरकारी तहकै कर्मचारी पनि रहेको नपाइएको होइन । जसले आफ्नो पेशाको प्रभाव व्यावसायमा पनि पार्न खोजेका देखिन्छन् ।

त्यस्तै कतिपय व्यावसायीहरु राजनीतिमा पनि लागेका छन् । व्यावसायप्रतिको विश्वासनीयताका लागि हामीले के कुरामा ध्यान पुर्याउनुपर्दछ भने, कुनै व्यवसायीले ‘व्यावसायपछि राजनीति गर्यो’ वा ‘राजनीति पछि व्यावसाय गर्यो’, त्यो कुराको निक्र्योल निकाल्न सक्नुपर्दछ । व्यावसायीको विगतले पनि व्यावसायमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।

कतिपय अवस्थामा व्यावसायीकै कारण विभिन्न देशका मेडिकलका बारेमा चलखेलहरु भएका समाचार नबाहिरिएका होइनन् । जसमा सरकारी संयन्त्र, व्यावसायी र नियामक निकायकै नेतृत्वकर्ता पनि मुछिएको समाचार प्रकाशित भएका थिए । केही सिमित व्यावयासीको स्वार्थका लागि अन्य सम्पूर्ण व्यावसायीहरुले व्यावसाय धरापमा पार्नु अवश्य पनि हुँदैन । त्यसका लागि व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यावसायी महासंघले निर्णायक भूमिका खेल्न सक्नुपर्दछ । महासंघ भनेको सीमित व्यवसायीको मात्र स्वार्थका आधारमा मात्र काम गर्ने नभई अरबको ५० डिग्रीको घाममा काम गर्न जाने कामदारदेखि लिएर अन्य व्यावसायी, सरकार र कतिपयअवस्थामा रोजगार गन्तव्य मुलुकसँग पनि समन्वयनकारी भूमिका खेल्नुपर्दछ ।

वैदेशिक रोजगारका कारणले देशको आर्थिक अवस्था सुध्रिएको तथ्यलाई नजरअन्दाज गर्न नसकिने यस परिवेशमा नकारात्मक कार्य गर्ने केही व्यवसायीलाई सामान्य निगरानी एवं अनुगमन गरेर कारबाहीको दायरामा ल्याउने कार्यको नेतृत्व पनि महासंघले नै गर्नुपर्दछ ।

राजनीतिक आस्था नहुने व्यक्ति नेपालमा अवश्य पनि कोही नहोला, तर पनि महासंघले राजनीतिक पार्टीको भातृ संगठनको भूमिकामा काम गर्न हुँदैन ।

कामदार

दुई हात जोड्न मुस्किल कुनै एक नवयुवक जब वैदेशिक रोजगारको सपना देख्दछ, सबैभन्दा पहिला उसले नै यो कुरामा ध्यान दिनुपर्ने देखिन्छ । विदेश जानका लागि घरखेत बेचेर होमिएको युवाले कुरा सुनेकै आधारमा अपरिचित व्यक्तिहरुलाई विश्वास गर्नु सबैभन्दा ठूलो समस्या देखिएको हुन्छ । किनभने केहीछिनको कुराबाट प्रभावित भई अपरिचित व्यक्तिको बहकाबमा लागी विदेशका लागि प्रक्रिया सुरु गर्नु उनीहरुको ठगिने प्रक्रियाको सुरुवात मान्न सकिन्छ ।

त्यस्तै अर्को वास्तविकता भनेको नेपालमा १० कक्षा पढेको युवकले कहिँ कतै पनि व्यावहासिक शिक्षा हासिल गरेको हुँदैन, अनि वैदेशिक रोजगारीका लागि बिना सिप प्रक्रिया थाल्नु पनि सबैभन्दा ठूलो समस्या देखिन्छ । व्यावसायीक सिपबिना विदेश जान खोज्नु र पठाउन खोज्नु सबैका लागि हानीकारक देखिन्छ ।

विदेश जानुभन्दा अगाडिसम्म आप्mनो एजेन्टप्रति पूर्ण विश्वासमा बस्ने कामदारले आफूलाई विदेश पठाउने म्यानपावर, स्वीकृति दिने विभागलगायतका निकायमा गएर आफू  जाने कम्पनीको बारेमा बुझ्नु अत्यावश्यक हुन्छ । रोजगारीका लागि जाने प्रक्रिया थाल्नुपूर्व नै सम्बन्धित म्यानपावर पत्ता लगाएर यथार्थ बुझ्ने प्रयाससम्म पनि नगर्नु कामदारहरु ठगिने पहिलो एवं आधारभूत कारकतत्व हो । अहिलेको सुचना प्रविधिको युगमा आएर आफू जाने कम्पनीको बारेमा जानकारी लिनका लागि त्यस्तो कुनै समस्या देखिँदैन र म्यानपावर कम्पनीले अवश्य पनि कम्पनीका बारेमा जानकारी दिन्छ । तर, विदेश गएर पैसा कमाउने मात्र सपना देखेका कामदारले त्यसअघिका प्रक्रिया र बाधा अड्चनका बारेमा जानकारी लिनसक्नुपर्दछ ।

कुनै कर्मचारीले विभागमा सरुवाका लागि लाखौं रकम खर्च गर्न तयार हुन्छ भने हामीले बुझ्नु पर्ने यथार्थता के हो भने लाखौं खर्चिएको कर्मचारीले करोडौं कमाउने सपना देखेको हुन्छ र त्यहीअनुसारको कार्य अगाडि बढाउन खोज्छ । व्यवसायीलाई विभिन्न झन्झट र झमेला देखाएर कामको सहजतालाई असहजता पुर्याउन खोज्नु कर्मचारीको सबैभन्दा नकारात्मक पाटो हो ।

विदेश गईसकेपछि कम्पनी र एजेन्टले फसायो भनेर मिडियामा आउनसक्ने कामदारहरुले विदेशजानु अघि पनि विभिन्न सूचना एवं जानकारी लिने प्रयास गरेको खण्डमा ठगीनबाट बच्न सकिन्छ ।

कामदारले सबैभन्दा पहिला बुझ्नु पर्ने तथ्य भनेको, आफू जाने देश, कम्पनी, आप्mनो काम, आपूmले पाउने तलब र अन्य सुविधाबारे हो । कसैको बहकाबमै लागेर सरकारले प्रतिबन्ध लगाएका देशहरुमा जानका लागि प्रक्रिया सुरु गर्नुपनि एउटा मुर्खता नै हो । त्यसको ज्वलन्त उदाहरण, नेपालको वैदेशिक रोजगारकै इतिहासमा कालो दिनका रुपमा मानिने ‘भदौ १६’ घटना हो ।

त्यस्तै आफू जाने कम्पनीका बारेमा पनि पूर्ण जानकार हुनुपर्दछ, एजेन्टले भनेकै भरमा आफ्नो योग्यता, सिप र दक्षताबिना सहज काम र धेरै तलबको आशा देख्नु पनि उपयुक्त हुँदैन ।

 समस्या

नेपालीहरुले वैदेशिक रोजगारीका क्रममा भोग्ने सबैभन्दा ठूलो समस्या भनेको नेपालमा भने अनुसारको काम र तोकिए अनुसारको समयमै तलब नपाउनु हो । कतिपय व्यवसायीले भिषा लिन पाए मात्र हुन्छ भन्ने मान्यताका साथ अन्य कुराहरुमा बेवास्ता गर्नु अनि कामदारहरुले पनि जसरी भए पनि विदेश जान पाए हुन्छ भन्ने मानसिकता बनाएर राहदानी बनाएर ‘एजेन्ट’लाई जिम्मा लगाउनु नै यसको प्रमुख कारक तत्व हो । किनभने व्यवसायीलाई सबैभन्दा ठूलो समस्या भनेको विदेशस्थित कम्पनीबाट आफ्नो कम्पनीको नाममा डिमाण्ड निकाल्नु नै हो । त्यसका लागि म्यानपावर कम्पनीले भिषा शुल्क समेत बुझाउनु पर्ने अवस्था आउँछ, त्यसरी व्यवसायीले किनेको भिषा नेपाल ल्याएर कामदारहरुलाई बेचेर नै खर्च उठाउनुपर्दछ ।

कुनै पनि व्यवसायीले आफूले लाखौं करोडौं लगानी गरेर खोलेको कम्पनीबाट गैरकानुनी र अवैधानिक कार्य गर्छु भन्ने हुँदैन । विदेशस्थित कम्पनीका लागि कामदार उपलब्ध गराउनु दायित्व, कर्तव्य र काम नै हो, जसबाट उनीहरुको पनि चुल्हो बलेको हुन्छ । कुनै पनि व्यवसायीले आफैं गएर नेपालका दूरदराजका युवाहरुबाट राहदानी संकलन गरेको हुँदैन । म्यानपावरसम्म राहदानी आइपुग्ने माध्यम भनेको स्थानीय एजेन्टहरु नै हुन्, जो जाने कामदारका नजिकका मान्छे हुन्छन् ।

व्यावसायप्रतिको विश्वासनीयताका लागि हामीले के कुरामा ध्यान पुर्याउनुपर्दछ भने, कुनै व्यवसायीले ‘व्यावसायपछि राजनीति गर्यो’ वा ‘राजनीति पछि व्यावसाय गर्यो’, त्यो कुराको निक्र्योल निकाल्न सक्नुपर्दछ । व्यावसायीको विगतले पनि व्यावसायमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।

विदेश जाने चाह राखेको एक युवकलाई ती एजेन्टहरुले राहदानी बनाउने खर्चदेखि विदेश जानेसम्मको पैसाको व्यवस्थाको जिम्मा लिन्छन्, अनि त्यसपछि सुरु हुन्छ ठगीको क्रम । कुनै पनि व्यक्तिलाई राहदानी बनाउनका लागि नै पैसा दिने एजेन्टले जसरी जुनसुकै परिस्थितिमा पनि कामदारसँग आफ्नो लगानीमात्र उठाउने नभई आफ्नो सुखद् भविष्यका लागि एउटा इँटा पनि थपें भन्ने सोच्दछ । यही नै प्रमुख समस्या हो । कतिपय कामदारहरुले विभागको त के कुरा म्यानपावर कार्यालय नै नदेखिकन विदेश  पुग्छन् । त्यसको प्रमुख कारण भनेको एजेन्टहरु नै हुने गर्दछन् ।

म्यानपावर व्यवसाय गर्ने व्यक्तिसँग एउटा मात्र म्यानपावर हुन्छ, तर एजेन्टहरुसँग देशभरिकै म्यानपावर हुन्छन्, तथ्य के भने जुन म्यानपावरमा राम्रो डिमान्ड छ, त्यही म्यानपावरमा कामदार आपूर्ति गर्ने काम एजेन्टले गर्दछन्, त्यसैले म्यानपावर भन्दा एजेन्ट सम्पन्न भएको उदाहरण धेरै देख्न पाईन्छ । हुन त पछिल्लो समयमा विभागले एजेन्ट र व्यावसायीप्रति केही कडा नियमहरु ल्याएसँगै यस्ता कार्य कम भए पनि रोकिएका भने छैनन् ।

समाधानः

वैदेशिक रोजगार र यससँग सम्बन्धितहरु सुनिँदा जति नकारात्मक सुनिए पछि पछिल्ला दिनहरुमा त्यति नराम्रा भने छैनन् । अहिले प्रविधिको पहुँच र मिडियाहरुका कारण वैदेशिक रोजगारमा जाने कामदार, व्यवसायी र काम लगाउने कम्पनीहरु पनि सचेत भएका छन् । व्यवसायीहरु पनि ‘क्वान्टिटी’ मा भन्दा ‘क्वालिटी’ मा ध्यान दिन खोजे जस्ता छन्, त्यस्तै अघिल्ला दशकसम्म साउदी, मलेशिया र कतारमा अल्मलिएका व्यवसायीहरु युरोपेली मुलुकहरुमा पनि कामदार पठाउन लागि परेका छन् ।

सरकारले विदेश जाने प्रक्रियालाई कडा निगरानीसँगै सहजता तिर पनि उन्मुख हुनु जरुरी छ । वैदेशिक रोजगारका क्षेत्रमा सम्बन्धित मुलुकका दूताबासहरुको ठूलो भूमिका रहन्छ । सम्बन्धित देशमा रहेका दूताबासहरुले सम्बन्धित देश र कम्पनीहरुसँग पनि समन्वयकारी भूमिका निर्वाह गर्न सहज र सरलका साथै दायित्व पनि भएको हुनाले त्यसतर्फ ध्यान पुर्याउन सक्नुपर्दछ । र, सरकारले पनि दूताबासहरुमा खटाउने कर्मचारीका साथै राजदूतहरुलाई सम्बन्धित देशको बारेमा विस्तृत जानकारी लिनका लागि प्रोत्साहित गर्नुपर्ने देखिन्छ, जसले गर्दा ती देशहरुको भौगोलिक अवस्था, आर्थिक अवस्था, कम्पनीहरुको अवस्था र नियम कानुनका बारे सहज जानकारी लिन सकियोस् । राजदूत भनेको राजनीतिक नियुक्ति लिएर विदेशमा ऐश आरामको जीवन बिताउने मात्र होइन, आफ्नो देश र सम्बन्धित देशको बीचमा ‘पुल’को काम गर्ने दायित्व हो भन्ने कुरा भुल्नु हुँदैन ।

र, जति कुरा गरे पनि यसको प्रत्यक्ष प्रभाव भनेको विदेश जान चाहने र गएका कामदारहरुलाई नै पर्ने भएको हुनाले कसैले पनि विदेश जानु पूर्व नै आईपर्न सक्ने समस्याका बारेमा पूर्ण जानकार हुनु नै सबैभन्दा उत्तम उपाय हो । विदेश जानुभन्दा अगाडि आफूमा भएको योग्यता, दक्षता र सिपको बारेमा पूर्ण ज्ञात भएको व्यक्तिलाई कुनै समस्या पर्दैन । तर, पनि ‘सपना ठूला देख्ने, ‘क’को अक्षर नदेख्ने’ मानिसले विदेश गएर पैसा कमाउँछु भनेर सोच्नु अपवाद बाहेक मुर्खता पनि सावित हुनसक्छ ।

नेपाल जस्तो अल्पविकसित मुलुकबाट कामदार लैजाने भनेको कन्स्ट्रक्सन र उत्पादन क्षेत्र नै प्रमुख हुन् । त्यसैले ती क्षेत्रसँग सम्बन्धित दक्षता हासिल गरेर गएको खण्डमा अहिलेजति असहज परिस्थिति नआउन सक्दछ । जसरी पनि विदेश जाने लोभमा नेपालमा हुँदा जे–जस्तो काम पनि गर्छु भनेर बिनाकुनै सिप विदेश जाने तर गएको एक सातापछि नै विभिन्न किसिमको समस्या देखाएर परिवारलाई टर्चर दिने र व्यवसायीप्रति उजुरी दिन लगाउनु भन्दा पहिला आफ्नो सिप र दक्षतालाई कसीमा राखेर जानु उपयुक्त हुन्छ ।

प्रतिक्रिया