गैरकानुनी रुपमा नेपाली छिराउने क्यासिनो माजोङबाट भारतीय ठगिँदै


काठमाडौं– काठमाडौंको कालिमाटीस्थित सोल्टी होटलमा रहेको क्यासिनो माजोङले विगतदेखि नै गैरकानुनी रुपमा नेपाली नागरिकलाई प्रवेश गराइरहेको छ । प्रहरी प्रशासनकै मिलेमतोमा क्यासिनो व्यवस्थापनले नेपालीलाई प्रवेश गराउँदै आएका हुन् । सो विषयमा कागजपत्रले लगातार समाचार प्रकाशन गरिरहेको छ ।

तर, नेपालीलाई प्रवेश गराए क्यासिनोको इजाजत रद्द हुने कानुनी व्यवस्था भएपनि कार्यान्वयन निकाय फितलो भएकाले नेपालीहरुलाई त्यहाँ दिनहुँ जुवा खेलाइने गरेको छ ।

क्यासिनो माजोङका ३ जना सञ्चालक छन् । जसमा भारत सिक्किमका विकास चाम्लीङ र उर्गेन लद्दागी छन् भने नेपाली सञ्चालक विनोद श्रेष्ठ हुन् । उनीहरु तीनैजना भारतको दिल्ली विश्वविद्यायमा सँगै पढेका साथी हुन् ।

क्यासिनो माजोङको मुख्य फाइनान्स कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ । भारतबाट आउने खेलाडीले सबै रकम दिल्लीमै जम्मा गर्छन् । उनीहरुलाई नेपाल पुगेपछि क्यासिनो माजोङले काठमाडौंमा क्वाइन उपलब्ध गराउँछ । हारेको रकम यहि सकिन्छ भने जितेको रकम उनीहरुले दिल्लीबाटै प्राप्त गर्छन् ।

तर, नेपालीलाई भने क्यासिनोकै सेटिङमा भारतीय आधारकार्ड बनाएरै बनाउने प्रवेश गराइने गरिएको छ । प्रहरीलाई छल्नका नक्कली भारतीय आधारकार्डसम्म बनाउने क्यासिनोले यौन धन्दा सञ्चालन गर्न रसियन युवती पनि उपलब्ध गराउने गरेको प्रमाण यसअघि कागजपत्रले सार्वजनिक गरिसकेको छ ।

गैरकानुनी खेलाडीले चलेको माजोङ वैध खेलाडीलाई झेलाउँदै
क्यासिनोमा नेपाली नागरिकलाई पूर्णरुपमा प्रवेश निषेध छ । क्यासिनोमा नेपाल प्रवेश गरेको पाइए लाइसेन्स खारेज हुनेसम्मको कानुनी व्यवस्था छ । तर, त्यहाँ भने उच्च सेटिङमा नेपाली खेलाडीहरु सजिलै प्रवेश पाउँछन् ।

नेपाली खेलाडीलाई खेलाउन उत्साहित हुने माजोङले वैध खेलाडीलाई भने निराश पार्ने गरेको खुलेको छ ।

मनोज सिंह विष्ट नाम गरेका भारतीय नागरिक माजोङका नियमित खेलाडी थिए । उनी भारतको उत्तराखण्डस्थित सितारगञ्जका विशाल त्रिपाठी ‘ओसो’मार्फत माजोङसम्म पुगेका थिए । उनले नै विष्टबारे क्यासिनोलाई आवाज दिएका थिए ।

पिएम ग्रुपका त्रिपाठीले भारतमै विभिन्न खेलमा ‘बुकी’ भएर सट्टेबाजी पनि गराउने गरेको खुलेको छ । अंकित अरोरा भन्ने व्यक्ति उनका सहयोगीको रुपमा काम गर्छन् ।

उनीहरुकै मार्फत माजोङसम्म पुगेका मनोज सिंह विष्टले भने आफूले जितेको रकम नपाएको पाइएको छ । उनले केही समयअघि माजोङमा १ करोड २० लाख जितेका थिए । तर, पैसा नभएको भन्दै माजोङले जितेको रकम दिन आलटाल गरिरहेको उनले बताए ।

माजोङका मार्केटिङ कर्मचारी विष्णु पन्थी र सन्तोष श्रेष्ठले मनोज सिंहले जितेको रकम नदिन भूमिका खेलिरहेको बताइएको छ ।

भारत आउजाउ गरिरहने उनीहरु भारतीय खेलाडीलाई माजोङमा प्रवेश गराउन युवतीसमेत प्रयोग गर्छन् । तर, यता आइसकेर जितेपछि रकम दिन उनीहरुले झेलाउने गरेको पाइएको छ ।

यो पनि:
काठमाडौंबाट ‘रेफर’ भए जुवाडे, नेपालगञ्ज माजोङमा नेपालीको भिड

 

प्रतिक्रिया