EXCLUSIVE: राजधानीमा रसियन ‘सेक्स वर्कर’को बिगबिगी, घण्टाको १० हजार लिएर माजोङले चलाउँछ धन्दा

शक्तिको आडमा 'सेक्स र्‍याकेट' चलाउँदै माजोङ


काठमाडाैं-  गत जेठ १८ गते प्रहरीले राजधानीमा अपरेशन नै चलाएर १५ जना यौन व्यवसायीलाई पक्राउ गरेको थियो । काठमाडौंको ठमेलमा रातको समयमा सार्वजनिकस्थलमा अनैतिक क्रियाकलाप गर्दै यौन व्यवसाय गर्ने १५ मध्ये ८ जना युगाण्डाका र एकजना केन्याकी महिला थिइन् ।

प्रहरी बृत्त लैनचौरको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेकाे थियोे । उनीहरुको उमेर २६ देखि ५४ सम्म रहेको पाइएको थियो । गरिब मुलुक युगाण्डाबाट आएका उनीहरु सबै भिजिट भिसामा नेपाल आएका थिए ।

सडकमा उभिएर ग्राहक खोज्ने युगान्डाका महिला पक्राउ पर्दा पाँच तारे होटलकै मातहतमा रहेको क्यासिनो माजोङले रसियन युवतीहरुलाई ‘सेक्स वर्कर’को रुपमा प्रयोग गराउदा कोही बोल्न सक्ने अवस्था छैन । शक्तिकेन्द्रका निकट रहेका तथा राम्रो राजनीतिक पहुँच बनाएका क्यासिनो माजोङका सञ्चालक विनोद श्रेष्ठले १५ देखि २० जना रसियन युवती ल्याएर अवैध यौन धन्दा चलाइरहेका छन् ।

अहिले क्यासिनो माजोङले ग्राहकहरुलाई १ घण्टाका लागि रसियन युवती उपलब्ध गराएर मोटो रकम असुल गरिरहेको स्रोतले जानकारी दिएको छ । स्रोतले कागजपत्रलाई दिएको जानकारी अनुसार भारतीय ग्राहकबाट १ घण्टाको ५ हजार भारु र नेपाली ग्राहकबाट १० हजार नेरु लिएर होटल सोल्टीमै अथवा ग्राहक भएको ठाउँमा रसियन युवतीलाई पठाइने गरिएको छ ।

त्यसका लागि क्यासिनो माजोङका बजार हेर्ने सीताराम बानिया, सन्तोष श्रेष्ठ र सञ्चालक विनोद श्रेष्ठकी पिए रेबिका गुरुङले दुईजना रसियन युवतीलाई जिम्मा दिएका छन् । आफूलाई सुल्ताना र फातिमा बताउँने ती दुई रसियन युवतीले नै पछि ग्राहकसँग डिल गर्ने गरेका छन् । ग्राहकसँग सेटिङ भएपछि उनीहरुले रसियन युवतीहरुलाई सोल्टी होटलमै तथा नजिकैको होटल ग्रान्डमा पुगाउने गरेका छन् ।

यो कार्यमा क्यासिनो माजोङका सेकुरेटी हेड पूर्व डिएसपी रहेका भोजराज खतिवडा पनि संलग्न रहेको स्रोत बताउँछ । एउटा रसियन युवतीले दिनको १५ देखि २० जना ग्राहकसँग समय बिताएपछि आएको रकमबाट सबैले कमिसन बाड्ने गरेका छन् । उनीहरुले क्यासिनोमा नियमित आउने तथा मोटो रकम खर्च गर्ने ग्राहकलाई उपहारस्वरुप रसियन युवती उपलब्ध गराउने गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार आउने १ अगष्टमा क्यासिनो माजोङले जुवाडेहरुका लागि एउटा इभेन्टको आयोजना गर्न लागेको छ । जसका लागि विदेशबाट थुप्रै जुवाडेहरुलाई बोलाउन लागिएको छ । ती जुवाडेहरुका लागि भनेर थप रसियनहरु ल्याउने तयारीसमेत भएको छ ।

क्यासिनो माजोङका सञ्चालक विनोद श्रेष्ठ

यसरी शक्तिकेन्द्रको बलमा अवैधरुपमा विदेशी युवती ल्याएर यौनधन्दा गराउदासमेत प्रहरीले सुराक पाउन सकेको छैन । सुराक पाएपनि पहुँच भएकै भएर क्यासिनो माजोङ जोगिदै आएको छ । अन्य जोडीलाई रुम दिन आनाकानी गर्दै आइरहेको होटल सोल्टीले पनि रसियन युवतीहरुलाई भने सजिलै प्रवेश दिएको छ ।

राजधानीमा विगतमा पनि रसियन यौन व्यवसायीहरु ल्याएर अवैध धन्दा नभएको भने होइन । तर, केही वर्ष पहिले काठमाडौं परिसरका एसएसपी हुँदा रविन्द्र धानुकले उक्त सेक्स र्‍याकेटको सफाई गरेका थिए । अहिले फेरि सोही प्रकारको अवैध धन्दा मौलाउदै आएको छ ।

यो विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले अवैध यौन व्यवसायलाई निरुत्साहित गर्ने प्रयास गरिरहेको बताएका छन् । ‘हामीले केही समयअघि ठमेल र दरबारमार्गबाट विदेशी यौन व्यवसायीहरुलाई पक्राउ गरेर अभद्र व्यवहारमा मुद्दा चलाएका छौं । अझै पनि प्रहरी यौन व्यापारलाई निरुत्साहित गर्ने अभियानमा छौं’ उनले भने ।

प्रतिक्रिया