क्यासिनो माजोङमा नेपाली जुवाडेको भिड

मिटरब्याजमा लगानी गर्नेलाई म्यानेजर अमितको साथ


काठमाडौं – नियगमन गर्ने निकाय र प्रहरी प्रशासनको कमजोर कमाण्डका कारण राजधानीलगायत देशका अधिकांश क्यासिनो र मिनीक्यासिनोमा नेपाली जुवाडेको भीड लाग्न थालेको छ ।

राजधानीमा सञ्चालित होटल सोल्टीमा अवस्थित क्यासिनो माजोङ, होटल मेरियटमा सञ्चालित क्यासिनो डेल्टिन र ठमेलस्थित छाँया सेन्टरमा अवस्थित अलफ्टमा रहेको वाल्डो डाइनेस्टी क्यासिनोमा नेपाली जुवाडेलाई निर्वाधरुपमा प्रवेश गराईएको छ ।

निर्वतमान प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहको कमजोर कमाण्डका कारण उपत्यकमा जुवालगायत अवैध धन्दा फस्टाएको हो । प्रहरी चेन अफ कमाण्डमा भन्दा राजनीतिक दलको ईसारामा चल्न थालेपछि अपराधको जालो झाँगिएको हो । जुवा, अवैध मिटर व्याज, सहकारीको ठगी पछिल्लो समय संगठित रुपमै मौलाएको प्रहरीका एक अधिकृत बताउँछन् ।

२०७४ सालमा नेपाली प्रवेश गरेको पाइएपछि प्रहरीले छापा मारी १९ जना नेपालीलाई पक्राउ गरेको थियो । नेपाली प्रवेश गरेको भेटिएपछि सञ्चालक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि पछि उनी छुटेका थिए ।

तत्कालिन आईजीपी सर्बन्द्र खनालको कार्यकालमा क्यासिनोमा नेपाली प्रवेशका साथै आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले विशेष अप्रेशन नै चलाएको थियो । जसका कारण आर्थिक अपराधमा कमी आएको थियो । तर, तत्कालीन आईजीपी सर्वेन्द्र खनालको बहिर्गमन र ठाकुर ज्ञवालीको आगमनसँगै यस्ता अपराध मौलाउन थालेको हो । जुन अपराध निवर्तमान आईजी धिरजप्रताप सिंहको पालामा झन् मौलायो ।

यस्ता क्यासिनोमा मिटरब्याजीमा लगानी गर्ने गिरोहलाई प्रहरीकै संरक्षण रहेको छ । ती गिरोहले प्रहरीकै पैसा मिटरब्याजमा लगाई दिने हुनाले तिनीहरुको संरक्षण गर्दै आएको काठमाडौं परिसरका एक अधिकृतले बताए । राजधानीलगायत बाहिरका अधिकांश क्यासिनोले प्रहरीलाई राम्रै ‘नजराना’ बुझाएर नेपालीको प्रवेशलाई सहज बनाई दिएको छ ।

पछिल्लो समय सोल्टी होटलमा अवस्थित क्यासिनो माजोङले प्रहरीको मिलोमतोमा काठमाडौं र नेपालगञ्जमा नेपाली प्रवेश गराउँदै आएका छन् । क्यासिनोले केही मिटरब्याजीलाई क्यासिनो मै राखेर जुवाडेलाई पैसा लगानी गर्ने अबसर दिलाई दिएको छ । यसको व्यवस्थापन क्यासिनोका मार्केटिङ अफिसर अमित अधिकारीले गर्दै आएका छन् । पछिल्लो समयमा सोल्टीस्थित क्यासिनो माजोङमा बिदेशी पर्यटक भन्दा जुवा खेल्ने नेपाली जुवाडेले भरिने गरेको स्रोत बताउँछ । क्यासिनो माजोङका सञ्चालक विनोद श्रेष्ठ हुन् ।

२०७४ सालमा नेपाली प्रवेश गरेको पाइएपछि प्रहरीले छापा मारी १९ जना नेपालीलाई पक्राउ गरेको थियो । नेपाली प्रवेश गरेको भेटिएपछि सञ्चालक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि पछि उनी छुटेका थिए ।

प्रतिक्रिया