गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य सुरु हुँदै


काठमाडौँ – चितवनको भरतपुरमा निर्माण रोकिएको तीन बर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेकेदारले पूर्वतयारी सुरु गरेको छ ।

भरतपुर महानगरपालिका-१५ मा बन्दै गरेको रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण थाले पछि बीचमा आर्थिक समस्याले रोकिएको थियो । अहिले भरतपुर महानगरपालिकाले नयाँ ठेक्का लगाएपछि निर्माणको जिम्मा पाएको हिमालयन, कालीञ्चोक बीबीआर जेभीले निर्माणपूर्वका तयारी सुरु गरेको हो ।

रंगशाला निर्माणस्थलमा साइट अफिस स्थापना गर्ने, मैदानको सरसफाइ गर्ने जस्ता काम गरिसकेको निर्माण कम्पनीले आवश्यक उपकरण पनि ल्याइसकेको छ । निर्माणका लागि आवश्यक बालुवा, गिट्टी र इट्टा तथा रडको ल्याब परीक्षण सुरु गरेको बीबीआर निर्माण कम्पनीले जनाएको छ ।

महानगरपालिकाबाट प्राप्त नक्सा र डिजाइनको अध्ययन भइरहेको र अर्को हप्ताबाट सिमेन्टको काम सुरु गर्ने कम्पनीको भनाई छ । काम हेर्न तथा सल्लाह दिनका लागि भारतको कलकत्ताबाट विज्ञलाई नेपाल बोलाएको जनाइएको छ । सुरुमा बाँकी रहेका पिलर भर्ने तथा प्याराफिट ढलानका कामहरू अगाडि बढाउने काम अघि बढ्नेछ ।

प्रतिक्रिया