

प्रधानमन्त्री ओली ‘ग्रोउचो मार्क्स’को लय समात्दैछन्

प्रतिनिधि सभा विघटन राजनीतिक मुद्दा हो र यसको निरुपण त्यहि हिसाबले हुनेछ। कुन पात्रले यसको जस र अपजसको भारी बोक्छ भन्ने चिजको मुल्यांकन हुनेछ। खासगरी, जब नारायणकाजी श्रेष्ठ जस्ता पराजित मानिसलाई सत्ता सहमतिका आधारमा राष्ट्रिय सभा (उपल्लो) सदनमा ल्याउने निर्णय भयो, प्रतिनिधि सभा (तल्लो) सदनको मृत्यु त्यहि दिन भइसकेको थियो। केबल कोमामा रहेको, श्वासमात्र फेरिरहेको सदनको काम थिएन।
धेरैलाई थाहा होला– प्रतिनिधि सभा भन्दा पनि राष्ट्रिय सभा महत्वको हुन्छ। किनकी, स्थानीय तहका जनप्रतिनिधिले मतको आधारमा उपल्लो सदनमा प्रतिनिधि पुग्छन्। प्रतिनिधिका पनि प्रतिनिधि भएका कारण त्यसको महत्व बलियो भएको हो।
जब नेकपका सचिवालयमा श्रेष्ठसहित विविध स्थानमा हारेका मानिसलाई ल्याउने उपक्रम स्थापित हुन थाल्यो, त्यहि सिलसिलामा बामदेव गौतमलाई पनि ल्याइयो। जनताको अनुमोदनप्रति अलिकति पनि माया नलाग्ने, जनताको निर्णयलाई अलिकति पनि सम्मान नगर्ने त्यस्ता राजनीतिज्ञको कुनै काम छैन। यसकारण श्रेष्ठ, गौतमलगायतका जति पनि पराजित भएका तर पद नपाई रहन नसक्नेहरू छन् तिनीहरूप्रति धिक्कार छ।
त्यसैले प्रतिनिधि सभा विघटन आवश्यक थियो। यसमा भिन्न भिन्न मत हुन्छन्। कसैले आवश्यक थिएन भन्ने हजार तर्क पेस गर्लान्। तर सबै पक्ष र विपक्षका तर्क र मत हुन्छन्, स्वस्थ्य। अस्वस्थ्य राजनीति र स्वार्थको टुप्पोमा उभिएर केही पनि हुँदैन, नेकपाका निर्लज्ज नेताहरूको बोली जस्तो। कोही भन्दा कोही कम छैन, पराजय सहन नसक्ने, जीतको उन्माद थेग्न नसक्ने। नखेली नहुने, भिडाउनै पर्ने प्रवित्तिगत व्यवाहार नदेखाई बस्न नसक्नेहरूका चरित्रका के कुरा गर्नु?
अहिले विरोध सभा र जन सभाका नाममा नेकपाका दुई पक्षको भाषण सुन्दा नेपालमा कम्युनिस्ट नेता होइन, दुई पैसाको बुद्धि नभएका श्लील स्वभाव पटक्कै नभएका, विवेकको भाँडोमा विर्को लगाएका मान्छेको रुप धारण गरेका वैचारिक अस्थिरपञ्जरहरू मात्र भेटियो। यसमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैलाई तराजुमा राख्दा बराबर छन्।
प्रचण्डको त कुरा गरी साध्य छैन। अस्थिर नभई बस्नै नसक्ने। लोभ र लालचको सीमाको के कुरा गर्नु? उनले आफू नेतृत्वबाट नहट्न हिजो माओवादीमा के गरे? कस–कसलाई घँचेटे, कस–कसलाई निमोठे हामीले भन्न पर्दैन। उनैले म्यानुफ्याक्चर गरेका प्रडक्टले भनिरहेका छन्। ति कोही बादल, टोपबहादुर या लेखराजका नाममा देखिएका हुन्।
माधव नेपालको त झनै के कुरा गर्नु? दुई पैसाको बुद्धि नभएको यति लालची र पाखण्ड तर्क गर्ने कोही देखिएको छैन। एउटा अन्तरवार्तामा प्रश्नकर्ता सोध्छन्– अनि जनताले हराएको, जनताले बेकामे भनेको, जनताले नालायक भनेको मानिसलाई राष्ट्रिय सभामा ल्याउनैपर्ने के थियो? ल्याउन पाइन्छ? नेपालको उत्तर अहिले पनि युट्युवमा भेटिन्छन्– अनि जनताले हराउन पाइन्छ त त्यस्तो नेतालाई? अनि अन्तरघात गर्न पाइन्छ त?
यस्ता नालायकलाई नेता मानी कुद्ने कस्ता कार्यकर्ता होलान्? यो कुनै तर्क हो? हार्नेले हार स्वीकार गरिसकेको छ। जित्नेले जीतेको कर्म पूरा गरिरहेको छ। दुई ठाउँबाट हारेर प्रधानमन्त्री बन्ने महत्वकांक्षा बोकेको यस्ता निकृष्ट, संकुचित धारणा भएकाले त्यहाँभन्दा बढी के जान्दछ? के तर्क हुन्छ?
संविधानमा त्रुटी छ– प्रधानमन्त्री कुनै सांसद र दल विशेष या बहुमतका नाममा बन्दी बन्ने व्यवस्था छ। प्रधानमन्त्री त्यो आलोकको मात्र पात्र होइन। प्रधानमन्त्रीसँग कार्यकारी अधिकार छ र भोली उसले संकट आइपर्दा युद्धको घोषणा गर्न सक्छ, नसोधी कसैलाई। त्यसबेला संसदले युद्ध गर्न हुँदैन भनेर प्रधानमन्त्रीलाई बाँध्न खोज्यो भने त्यो अस्वीकार्य हुन्छ
अब प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा गरौं–
बिराटनगरको सभामा ओलीले प्रचण्डमाथि व्यंग्य कसे– पहिला वैद्यको सहयोग थियो, छाडे। पछि डाक्टरको सहयोग भयो छाडे। अब झाँक्रीको सहयोग छ। त्यसले बचाउन सक्तैन।
देशको एउटा प्रधानमन्त्रीले कुनै नेतामाथि गरेको यो तहको टिप्पणीले उनको राजनीतिक हैसियतलाई उँचो बनायो? उनले यस्ता व्यंग्य धेरै स्थानमा प्रकारान्तरले कसेका छन्। विवेक हुँदाहुँदै पनि घुँडामा राखेर तर्क गरियो र व्यंग्य गरियो भने त्यो विवेकको के काम?
७० को दशकतिर अमेरिकामा एक जना गौउचो मार्क्स भन्ने कमेडियन हिट थिए। उनी यति चाँडो व्यंग्य कसेर मानिसलाई हसाउँथे कि, उनको चर्चा सर्वथा थियो। उनले राजनीतिका बारेमा पनि भनेका छन्– राजनीति भनेको सकसका लागि खोजीने कला हो, यो जहाँकहीँ भेटिन सकिन्छ, यसलाई गलत हिसाबले पचाउन सकिन्छ र गलत हिसाबले परिणाम पाउने गरी प्रयोग गर्न सकिन्छ।
ओली अहिले ग्रोउचोको यहि लय समातिरहेका छन्। प्रतिनिधि सभा विघटन किन गरियो? यसका नेपथ्यका दुख के थिए भन्ने मूल प्रश्नमा जनता केन्द्रित हुन चहान्छन्। तर, यसका विरोधमा उभिएका नेता र भिडका पात्र छानी छानी तिनको चरित्रमाथि प्रश्न गर्न प्रधानमन्त्रीले सुहाउँछ? तिनको व्यक्तिगत चरित्रमाथिको प्रश्नले कसैको हुर्मत लिन पाइन्छ? यो देख्दा प्रधानमन्त्री ओली ग्रोउचोले भने जस्तै राजनीतिक व्याख्याको बाटोमा त हिँडिरहेका छैनन्?
अहिले नागरिक आन्दोलनका नाममा एउटा समूह पनि सडकतिर भेटिन्छ। वैकल्पिक शक्ति भनिने प्रयोजित नै होस् तर प्रश्नहरूको आक्रोश बोकेर सडकतिरै रुमल्लिरहेको छ। प्रतिपक्षीको एउटा समूह इगो साँध्नकै लागि सही मानौ, प्रश्न गरिरहेको छ। यी प्रश्नहरूको उत्तर मजाक र ठट्टा या ग्रोउचोको कमेडियन शैली हुन सक्तैन।
हामीलाई थाहा छ– संविधानमा त्रुटी छन्। एउटा प्रधानमन्त्रीको अधिकार भनेको कुनै संसद वा सांसदको मनोपोलीको बन्धक मात्र बन्न सक्तैन। आजका दिनमा प्रतिनिधि सभा विघटन गर्नुको औचित्य मूल प्रश्न हो। कुनै सांसदले नगर भन्नासाथ प्रधानमन्त्री चुप लागेर बस्ने पद होइन। तर गरेपछि त्यसको औचित्यलाई स्पष्ट ढंगले नागरिकसम्म बताउन, बुझाउन सक्नुपर्छ। प्रधानमन्त्री भनेको त्यो ताकत हो, कुनै सांसदले राम्रो काम गर्दा विरोध गरेको खण्डमा उसलाई निलम्बन गर्ने अधिकार पनि हुन्छ।
संविधानमा त्रुटी छ– प्रधानमन्त्री कुनै सांसद र दल विशेष या बहुमतका नाममा बन्दी बन्ने व्यवस्था छ। प्रधानमन्त्री त्यो आलोकको मात्र पात्र होइन। प्रधानमन्त्रीसँग कार्यकारी अधिकार छ र भोली उसले संकट आइपर्दा युद्धको घोषणा गर्न सक्छ, नसोधी कसैलाई। त्यसबेला संसदले युद्ध गर्न हुँदैन भनेर प्रधानमन्त्रीलाई बाँध्न खोज्यो भने त्यो अस्वीकार्य हुन्छ। संकटकाल घोषणाको अधिकार त्यसैका लागि हो। यसैले अहिले प्रतिनिधि सभा विघटन गर्नुको औचित्यमाथि मात्र यी आम सभाहरूमा प्रधानमन्त्रीले जस्टिफाई गर्दै आम मानिसलाई कन्भिन्स गर्नुपर्छ। उद्देश्यको फेहरिस्त, आगामी योजनाको तथ्य जानकारी गराउनुपर्छ। नकी मजाकको सिलसिलेबार भाषण। त्यसैले प्रधानमन्त्रीलाई सुझाव छ– वैद्यm, डाक्टर झाँक्रीहरूको प्रसङ्गमा होइन, औचित्य पुष्टँ्याईको पटाक्षेप होस्। नत्र ग्रोउचो भइन्छ।

