प्रिती बनिन् कोरोना टेस्ट क्वीन !


मुम्बई(एजेन्सी)– बलिउड अभिनेत्री प्रिती जिन्टा हालका दिनमा दुबईमा भइरहेको आइपीएलमा छिन् । यो प्रतियोगितामा उनको टिम किंग्स इलेवन पञ्जाबको टिम पनि छ । यसपटक कोरोना महामारीका कारण आइपीएल बिना दर्शक दुबईमा आयोजना भइरहेको छ । त्यहीकारण प्रिती आफ्नो टिमका साथ दुबईमा छिन् ।

आइपीएलसँग जोडिएका व्यक्तिहरुलाई कोरोना भाइरसबाट बचाउनका लागि हरेक कुरामा ध्यान दिइएको छ । पहिला सबै खेलाडीलाई क्वारेन्टाइनमा राखिएको थियो । त्यसपछिको पीसीआर टेस्टमा नेगेटिभ आएपछि उनीहरुलाई प्रतियोगितामा खेल्न दिइएको थियो ।

यस्तो अवस्थामा प्रितीले पनि सबै स्वास्थ्य निर्देशिका फलो गर्नुपर्यो । त्यहीकारण उनी समय–समयमा कोरोना भाइरसको टेस्ट गरिरहेकी छन् । समाचार अनुसार बितेको ३५ दिनमा उनले करिब २० पटक कोरोना टेस्ट गराएकी छन् । उनका सबै रिपोर्ट अहिलेसम्म नेगेटिभ नै आएका छन् । हालैमात्र २० औ कोरोना टेस्ट गरेपछि उनलाई सबैले ‘कोरोना टेस्ट क्वीन’ भन्न थालेका छन् ।

‘यो ६ दिन क्वारेन्टाइनमा बसेदेखि शुरु भएको हो । यहाँ हरेक तीन चार दिनमा कोभिड–१९ टेस्ट हुन्छ । बाहिर जान सकिँदैन । आफ्नै कोठामा सीमित छु । टिमको रेस्टुरेन्ट, जिम र निश्चित रुपमा आफ्नै कारमा स्टेडियम । ड्राइभर र सेफ पनि क्वारेन्टाइनमै हुन्छन् । न बाहिरको खाना न त कसैसँग भेटघाट । यो निकै समस्याग्रस्त काम हो । जब तपाईं मजस्तो स्वतन्त्र चरा जस्तै हुनुहुन्छ । तर यो सन् २०२० पनि त हो । यस्तो महामारीका बीच पनि आइपीएल हुनु तारिफयोग्य काम हो’, उनले लेखेकी छन् ।

प्रतिक्रिया