कपिलको डिजिटल पारिश्रमिक २० करोड


मुम्बई(एजेन्सी)– कलाकार कपिल शर्मा एउटा राम्रो कमेडियन मात्र होइन, कुशल अभिनेता पनि हुन् । उनी राम्रा अभिनेता हुन् भन्ने कुराको झलक उनले फिल्म ‘किस किसको प्यार करुँ’मा देखाइसकेका छन् । वर्षौदेखि दर्शकलाई मनोरञ्जन दिलाउँदै आएका यी कलाकार अब डिजिटल प्लेटफर्ममा आफ्नो स्थान जमाउन चाहन्छन् । त्यसका लागि उनले तयारी पनि थालेका छन् ।

कपिल चाँडै नै एक वेब सिरिजका लागि डिजिटल प्लेटफर्मममा डेब्यू गर्न जाँदैछन् । जसका लागि उनले निकै महंगो पारिश्रमिक पनि लिएका छन् । कपिलले यो प्रोजेक्टका लागि २० करोड चार्ड लिएका छन् । यद्यपि यसको हालसम्म आधिकारिक पुष्टि भइसकेको छैन ।

तर कपिलले हालै मात्र आफ्नो शो ‘द कपिल शर्मा शो’को एक एपिसोडका समयमा शोका कलाकार कृष्णा अभिषेकले कपिलले ओटीटी डेब्यूका लागि २० करोड पारिश्रमिक लिएको बताएका थिए ।

प्रतिक्रिया