लण्डनमा शाहरुख र काजोलको मूर्ति


मुम्बई(एजेन्सी)– हिन्दी फिल्ममा प्रेमथाका फिल्मको लामो इतिहास छ । ‘मुगले–आजम’, ‘देवदास’ र ‘मैंने प्यार किया’ जस्ता फिल्मले फिल्मको अलग–अलग यात्रामा प्रेमको ऐतिहासिक दस्तावेजलाई पर्दामा चित्रण गरेको छ । तर फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’मा राज र सिमरनले प्रेमको जुन कथा लेखे, त्यो कथा कहिले मराठा मन्दिरमा १ हजार हप्तासम्म चल्यो त कहिले अमेरिकी राष्ट्रपतिहरुको भाषणमा दाबीका रुपमा देखियो ।

अब यो सुपरहिट कथाका नायक–नायिकाको एक मूर्तिलाई लण्डनको प्रख्यात लिसेस्टर स्क्वायर परिसरमा राखिने भएको छ । कुनै पनि हिन्दी फिल्मका लागि यो पहिलोपटक हुन लागेको हो । पछिल्लो दशकको मध्यमा आएको यो फिल्मले आफ्नो यात्रामा रजत महोत्सव मनाइरहँदा लण्डनमा गरिन लागिएको यो नयाँ कामले थप चर्चा पाएको छ । यो फिल्मको दृश्यमा लण्डन पनि समेटिएको छ ।

सन् १९९५ अक्टोबर २० मा रिलिज भएको यो फिल्ममा अभिनेता शाहरुख खानले राज र अभिनेत्री काजोलले सिमरनको भूमिका निर्वाह गरेका थिए । फिल्ममा अमरीश पुरीले काजोलको पिताको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया