कुमकुम भाग्यकी इन्दु दादीको निधन


मुम्बई(एजेन्सी)– भारतीय टेलिभिजनको चर्चित टेलिसिरियल ‘कुमकुम भाग्य’मा इन्दु दादीको भूमिकामा अभिनय गर्ने अभिनेत्री जरीना रोशन खानको निधन भएको छ । उनी ४५ वर्षकी थिइन् । उनको हृदयघातका कारण निधन भएको परिवारले जनाएको छ । जरीनको सहकर्मी कलाकार शब्बीर अहलूवालिया र सृति झाले समवेदना व्यक्त गर्दै उनको तस्बिर राखेर फाइनल गुडबाइ नोट पनि लेखेका छन् ।

सृतिले इन्स्टाग्राममा जरीनासँगको एक तस्बिर शेयर र भिडियो शेयर गरेकी छन् । भिडियोमा जरीना नाँचिरहेकी छन् । सृतिले भिडियो र तस्बिरसँगै टुटेको हृदय क्याप्सन लेखेकी छन् । भिडियोमा जरीना फिल्म ‘मिष्टर इण्डिया’को गीत ‘हवा हवाई’ नाचिरहेकी छन् ।

टेलिसिरियलकै अर्का अभिनेता शब्बीरले जरीनसँगको एक तस्बिर शेयर गरेका छन् । तस्बिरमा उनले ‘ये चाँद–सा रोशन चेहरा’ लेखेका छन् । सृटि र शब्बीरका अलावा अन्य कैयौं कलाकारले पनि जरीनको निधनमा दुःख व्यक्त गरेका छन् ।

टेलिसिरियलमा विन राणाको भूमिकामा अभिनय गर्ने पूरबले इन्स्टाग्राम स्टोरीमा जरीनाको तस्बिर राख्दै उनको निधनमा दुःख व्यक्त गरेका छन् । ‘यो खबर ठिक हो र हैरान हुने किसिमको हो । उनी निकै स्वीट लेडी थिइन्, पूर्णजीवन शैलीको । यो उमेरमा पनि उनी निकै शक्तिवान थिइन् । मलाई लाग्छ उनी आफ्नो करियरको शूरुवाती चरणमा स्टन्ट महिला थिइन् । वास्तविक जीवनमा उनी एक योद्धा थिइन् । मैले उनीसँग गत महिना छायांकन गरेको थिएँ’, अभिनेता अनुराग शर्माले भनेका छन् ।

प्रतिक्रिया