स्थानीय तह निर्वाचन : बुटवलमा ८ जनाको उम्मेदवारी फिर्ता


बुटवल – बुटवल उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिएका ८ जनाले शुक्रवार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिएका छन् । प्रमुख पदमा उम्मेदवारी दिएका ४ र उपप्रमुखमा उम्मेदवारी दिएका ४ जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।

प्रमुखबाट सुरज घितान, कृष्णप्रसाद पोखरेल, जस्विन पौडेल र रुद्र शर्माले उम्मेदवारी फिर्ता लिए भने उपप्रमुखबाट रचना श्रेष्ठ, कल्पना भण्डारी, सम्झना पौडेल र रेनुकुमारी सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिएका छन्।

यीमध्ये सुरज हितान र सम्झना पौडेलले जनता समाजवादी पार्टी (जसपा) नेपाल गठबन्धनको तालमेल बाहिरबाट मनोनयन दर्ता गरेपछि शुक्रवार उम्मेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका कृष्णप्रसाद पोखरेल र उपप्रमुखमा उम्मेदवारी दिएकी रेनुकुमारी क्षेत्रीले पनि फिर्ता लिएका छन् ।

वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारलाई शुक्रवार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले दिएको थियो । जसपा र जनमोर्चाबाट उम्मेदवारी फिर्ता लिएकाहरूले गठबन्धनका उम्मेदवार खेलराज पाण्डे र चीनबहादुर गुरुङलाई सघाउने बताएका छन् । बुटवलमा ९७ पदका लागि ४७७ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया