पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं – पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आइतबार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो कामय गरेको छ । ६८ लाख ५० हजार ९ सय ५३ रुपैया बैक ब्यालेन्स देखिएकाले उक्त रकम जफत गर्न र बिगो बापत्को बाँकी रकम उनको जायजेथाबाट असुलउपर गर्न अख्तियारले मागदाबी गरेको छ ।

पूर्व सचिव समेत रहेका श्रेष्ठ २०७० सालमा बनेको तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री थिए । उनलाई सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको अभियोग छ ।

प्रतिक्रिया