राप्रपा केन्द्रीय समितिको बैठक बस्दै, कमल थापाद्वारा बहिस्कार


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक कमल थापाले बहिस्कार गर्ने भएका छन्।

निवर्तमान अध्यक्ष थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासको भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने अडान राख्दै बैठकमा सहभागी नहुने बताएका हुन्।

राप्रपाकाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजेका लागि बैठक बोलाएइको छ। बैठकको एजेण्डा नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुको परिचयात्मक रहने बताइएको छ।

बैठकमा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाको सहभागिता रहनेछ। तर कमल थापा भने बैठकमा सहभागि नहुने आफैंले बताएका हुन्।

बुधबार राजधानीको सुकेधारास्थित एक पार्टी प्यालेसमा पार्टीमा निर्वाचित भएका आफू निकटका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा थापाले आफू बैठकमा सहभागी नहुने जानकारी दिएका हुन्।

प्रतिक्रिया