
शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेस हिँड्छः डा. शंशाक
काठमाडौं । नेपाली कांग्रेसका इतर समूहका नेता शशांक कोइरालाले आफूहरुको सभापति शेरबहादुर देउवा नै भएको बताएका छन् ।
इतर समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै भने, ‘शेरबहादुर देउवाको भाग्य नै राम्रो छ ।’
उनले भेलामा देउवा सहभागी हुनु नै सफल भएको बताए ।
“शेरबहादुर देउवा आउनासाथ मलाई थाहा छ, यो सफल हुन्छ । हिजो उहाँको स्वागतमा जुन उत्साह देखेँ, मलाई अचम्म लाग्यो,” कोइरालाले भने, “हाम्रो सभापति शेरबहादुर देउवा नै हो । उहाँको नेतृत्वमा कांग्रेस हिँड्छ ।



कागजपत्र |
