
सुदूरपश्चिम मुख्यमन्त्रीमा भट्ट नियुक्त, आजै सपथको तयारी
धनगढी – सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन् ।
भट्टलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
भट्टले आज बिहान मात्रै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख मियाँ समक्ष दाबी प्रस्तुत गरेका थिए ।
कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
मियाँले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए । तोकिएको समयभित्रै एमालेको समर्थनसहित भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
नेकपाका एक सांसदकाअनुसार भट्टको नियुक्तिसँगै आजै दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तयारी गरिएको छ ।
मुख्यमन्त्री बनेपछि भट्टले शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने सम्भावना पनि रहेको नेताहरू बताउँछन् ।
नेकपा र एमालेबीच सुदूरपश्चिममा यसअघि नै मन्त्रालयत भागबन्डा भइसकेको छ । नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन वटा मन्त्रालय पाउनेछ ।



कागजपत्र |
