राप्रपा अध्यक्ष लिङ्देनले गरे विभिन्न विभागको प्रमुख मनोनयन


काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम विभिन्न विभागको प्रमुख मनोनयन गरेका छन्। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले सातवटा विभाग प्रमुख मनोनित गरेका हुन्।

श्रेष्ठलाई प्रचार विभाग प्रमुख बनाइएको छ। यस्तै सम्पर्क समाज समन्वय विभाग प्रमुखमा प्रवक्ता गोपाल दाहाल र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग प्रमुख ताेकिएको छ।

१. महामन्त्री राजेन्द्र गुरुङ- संयोजित संगठन समन्वय विभाग प्रमुख
२. प्रवक्ता मोहन श्रेष्ठ – प्रचार विभाग प्रमुख
३. प्रवक्ता गोपाल दाहाल- सम्पर्क समाज समन्वय विभाग प्रमुख
४. प्रवक्ता ज्ञानेन्द्र शाही – सुशासन विभाग प्रमुख
५. केन्द्रीय सदस्य आनन्द अधिकारी- प्रवास विभाग प्रमुख
६. लक्ष्मी संग्रौला- वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख
७. दमन बस्नेत – खेलकुद विभाग प्रमुख

प्रतिक्रिया