राप्रपा संसदीय दलको बैठक बस्दै


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दै छ।

दलको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने/नदिने भन्ने बारेमा निर्णय गर्ने छ।

यसअघि शनिबार बसेको राप्रपा निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो।

प्रतिक्रिया