पटक-पटक एउटै मान्छेलाई छानबिनको जिम्मा दिनु राम्रो होइनः अध्यक्ष लिङ्देन


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्समा कुन प्रकारको छानबिन समिति बनाइएको हो भनेर प्रश्न गरेका छन् ।

आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो घटनाको प्रमुख दायरामा आउने व्यक्ति नै सरकारको छानबिन समितिमा रहेको बताएका हुन् ।

उनले भने, ‘यो जहाजको जुन छानबिन आयोग गठन भएको छ, त्यसमा गम्भिर त्रुटि भएको भन्ने कुराहरु बाहिर आएका छन् । यसलाई सरकारले सुनेर छाड्ने विषय होइन । त्यो सौर्य विमान पोखरा उड्नको लागि उपयुक्त थियो की थिएन भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो चाहीँ अनुसन्धानको पहिलो दायरामा आउँछन् । उनका भिनाजुलाई चाहीँ अहिले छानबिन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आएको छ यो कुन प्रकारको छानविन आयोग होला ?’

उनले पटक-पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिएर सरकार मौन किन रहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया