नाम नारायणकाजी, काम…?
भनिन्छ– राजनीतिमा केही पनि चिज दुर्घटनाबस हुँदैन, यदि भयो भने बुझ्नुपर्छ यो त्यहि हिसाबले योजना बनाइएको थियो।
राजनीति दुर्नाम छ। गणतन्त्र बेकाम भयो भन्ने नारा जुलुस र आवाजहरू बलिया भइरहेका छन्। गणतन्त्रको मसिहाका रुपमा स्थापित दलका गतिविधि योजनयुक्त र उदास बनाउने प्रकृतिले देखा परेका छन्। नेताका वैयक्तिक चरित्र र व्यवाहारका भण्डाफोर हुन थालेका छन्। आम मानिसको आक्रोशको गहिरो तुक बन्न थालेको छ। नेता जनताबाट तरिस्कृत हुन्छ तैपनि शक्ति केन्द्रको पनि केन्द्र भागमा हुन्छ।
जनताको अपेक्षा र भावनासँग उसका नाम जोडिन्न, जोडिन्छ आसेपासे, स्वकीय सचिव, मालदार मानिस र केही विवादीत व्यक्तिसँग पनि।
एक पटक पत्रकार सम्मेलन गरी बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले शिक्षा आयोगका अध्यक्षलाई २० करोड रकम मागेको आरोप लगाउँदै गर्दा तिनले दिएको प्रत्योत्तरमा आफूमाथि शिक्षामन्त्री गिरीराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ रहेको भनी दबाब पाएको बताएका थिए।
प्रसाईका अघिपछिका भनाई र अन्तरवार्ता तुकसहितका नहुने भएकाले धेरैले उडाएका थिए। तर, राजनीतिमा जसरी घटनाक्रमले ति व्यक्तिका नाम र चरित्र जोडिएर आउन थाले, यसले एउटा नयाँ तरङ्ग ल्याएको छ। यो राजनीतिक बहसको विषय त होइन तर सामाजिक र नैतिक चरित्रको स्वभाविक प्रश्न हो।
एउटा भनाई छ– राक्षसी प्रवित्तिलाई देखेर त्यसमाथि कुनै पनि प्रतिक्रिया नजाउनु भनेको अनैतिक बन्नु हो।
हो, नेपाली राजनीतिक वृत्तको राक्षसी प्रवित्तिमा बोलिएन भने अनैतिक बन्ने सम्भावना हुनेछ। त्यसैले त्यो अनैतिक प्रवित्तिको सदस्य हुने इच्छा वा त्यसको पगरी लगाउने सदस्यहरूको चाङमा उभिने रहर पटक्कै छैन। नैतिक शिक्षा र व्यवाहारको गुणगाणले भरिपूर्ण राजनीतिक वृत्त, त्यसभित्र उदाएका नेताका चरित्रमाथि जोडबल गरेरै केही टिप्पणी उठाउनुपर्छ। हामी नैतिक समाज पुनर्जागरणका निम्ति अहिलेको घोषित परिवर्तन तर पश्चगामी व्यवाहारका कम्युनिस्ट नेतृत्वको छहारीमा रहनुको बिडम्बनापूर्ण परिवेशको प्रतिक्रियाका रुपमा यसलाई बुझ्दा पनि हुन्छ।
पहिलो त महरा प्रकरण भनेर सतहमा आएको प्रवित्तिलाई प्रश्न गरौं। मैले ‘बारबारिज्म’ भन्ने अंग्रेजी शव्दलाई उल्लेख गर्नु औचित्य ठान्छु। कुनै एक अमुक महिला नेताले यौन शोषण गरेको, बलात्कार गरेको, हिंसा गरेको भनेर खुलेआम मिडियामा आउँछिन्। त्यसको एक साताभित्र उनलाई मानसिक सन्तुलन गुमेको भनी टिप्पणी गरिन्छ, उनी त्यसलाई स्वीकार गर्न बाध्य हुन्छिन्, किन?
यहाँ राजनीतिक नेताको व्यक्तिगत आशक्तिको फेरीलाई ताकतको लेपले छोप्ने कोशीश गरिन्छ। शक्तिको दुरुपयोग गरेर प्रताडित बनाउने कोशीश गरिन्छ, यो बारबारिज्म हो।
कृष्णबहादुर महरा प्रकरण बारबारिज्मको एउटा अनौठो उदाहरण होइन। यो प्रकरणका अर्का पात्र बनिसकेका छन्, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ। हुन त उनलाई साधगी भएका नेताका रुपमा व्याख्या गरिन्छ। तर जुन प्रकारले उनको चरित्रका केही अंश डिभाइसमा रेकर्ड भएर बाहिर आए त्यसले शंका उत्पन्न गर्ने ठाउँ दिन्छ, बारबारिज्म सन्दर्भमा। उनी साधगी भए कमानसिंह लामासँगको विवाद मिलाउने क्रममा भन्थे होला ‘वास्तवमा तपाईलाई अन्याय भएको छ मैले गर्न सक्ने सहयोग गर्नेछु’ । तर उनले शासक शैलीमा भनेका छन्,‘तपाईँ, सुसन र इन्द्रा तीनै जना मेरा मान्छे।’ एउटा सन्त जस्तो नेताका मान्छे हुन्छन्?
धेरैलाई लाग्नसक्छ यो टिप्पणी गर्न हतार भयो कि? धेरै विचार गरेर नै यस विषयमा प्रवेश गर्ने निर्णय गरिएको छ। शक्ति र पदको आशक्ति नभएको भए नारायणकाजीबारे अहिले आएको आरोप, अभियोग वा लाल्छनाका विषयमा पनि गम्भीर भएर सोच्नुपर्ने हुन्थ्यो। तर, जसले जनतामाझ जनमत गुमाएर पनि शक्ति केन्द्रमा पुग्नका लागि दलीय खुड्कीलोलाई समातेका थिए– स्पष्ट छ, यीनि साधु वा साधगी होइनन्। गोरखामा निर्वाचन हारेका मानिसले फेरि राष्ट्रिय सभामा उक्लिने दुश्प्रयासलाई स्वीकार गर्नु नै शक्तिमा पुग्ने तिर्खा भएका व्यक्ति हुन् भन्ने प्रारम्भिक परिचय वा संकेत थियो, हो।
कमानसिंह लामा कस्ता थिए, तिनको चरित्र के हो? भन्ने चिजको खासै अर्थ रहेन अब। यत्ति अनुमान लगाउन सकिन्छ, उनी नारायणकाजीको प्रयोगबाटै सांसद, राजदूत भएका व्यक्ति रहेछन्, लेनदेनमा। नेपाली राजनीति अझ त्यसमा पनि कम्युनिस्ट भनिने दलमा लेनदेनबिना केही पनि काम हुँदैन। भ्रष्टाचार र नैतिक पतनको सबैभन्दा ठूलो महासभा भनेको कम्युनिस्ट पार्टीका नेता हुन्। जसलाई असीमित सम्पत्तीको भोक, स्त्रीगमनको प्यास भएका पर्याप्त उदाहरण र चर्चा छन्, भलै यो ‘ओपन सेक्रेट’ होस्।
यो गम्भीर मात्र होइन कसैको परिवार नै भड्काएको सम्मको अभियोग नारायणकाजीमाथि लागेको छ। मृत्युका केही अघि होइन, फसाउँछु अनि मर्छु भन्ने ध्येय र उद्देश्यले होइन त्यसको साताअघि नै कमानसिंहले उनको चरित्रको बारेमा व्याख्या गरेका हुन्। जसको हठात् प्रतिक्रिया इन्द्रामायाले दिएको पाइन्छ, नकारात्मक भावमा। यसले के पुष्टि गर्छ भने कमानसिंहले जे जति संकेत गर्न खोजेका छन्, त्यसमा असत्यता छैन
यसलाई यति हल्का र आवारा हिसाबको अभियोगका रुपमा लिन हुन्न कि पूर्वराजदूत समेत रहेका, नेकपा केन्द्रीय सदस्य कमानसिंह लामाले लगाएको अभियोग, साधारण हो। नेकपाको एउटा केन्द्रीय सदस्य मात्र होइन राम्रो कुटनीतिक कार्यकाल सकेर आएको मानिसले लगाएको वैयक्तिक र पीडामा भएको बेला दिएको सार्वजनिक वक्तव्यबाजी नारायणकाजीका लागि सस्तो चिज होइन।
त्यहाँमाथि उनले गरेका कतिपय संवादको अडिओ र भिडिओ नै सार्वजनिक हुनुको कथा एउटा हो। तर किन उनी आफ्नी स्वकीय सचिव सुसन कर्माचार्य, कमानसिंहकै पत्नी इन्द्रामायाको बचाऊ गरिरहेका छन्? किन भनिरहेका छैनन्, अन्यायको लेखाजोखा हुनेछ र लेनदेनको कुनै विषय छैन भनेर?
नेकपाभित्रको आन्तरिक विवादमा पक्ष र विपक्षको बहस चलिहरेकाले हुनसक्छ, नारायणकाजीमाथि उठेको प्रश्नमा नेकपा केन्द्रीय सदस्य विष्णु रिजालको एउटा सामाजिक प्रश्नसहितको सन्देश आयो।
उनी लेख्छन्,‘नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आलोचना गरे भइहाल्छ, कसैले रोकेको छैन । नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तोकेर गाली गलौज गर्ने चलन चलेकै छ । तर, सार्वजनिक अडिओ भिडिओ अनुसार उहाँले आफू निकट दुई कार्यकर्ता (कमानसिंह र सुसन)बीचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी हो । यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन ।’
यसमाथि भएका अनेक टिप्पणीलाई व्यंग्यात्मक हिसाले उनले थपेका छन्,‘शाही शासनकालमा मण्डलेहरूले ‘पानी ट्यांकीमा पैसा राखेको’ कथा रचना गरेर नेतालाई बदनाम गरे जस्तो यतिवेला नेकपाकै कतिपय नेता कार्यकर्ता यस्ता घृणित कार्यमा संलग्न भएको देख्दा हामीले कस्तो संस्कृति विकास गर्न लागेका छौं भन्ने देखिन्छ । यसबाट ‘हामी त बदनाम थियौं नै, नारायणकाजीलाई पनि ठीक भयो’ भन्ने सन्देश जाँदैन र ? तुलनात्मक रूपमा इमानदार, सादगी र सरल नेता नारायणकाजी श्रेष्ठले यस विषयमा हुने छानविन स्वीकार्य छ भनेर चुनौती दिनुभएको छ । पार्टीभित्र आवाज उठेकै छ, को नेता र तिनका छोराहरू के-केमा संलग्न छन्, हिम्मत भए आयोग गठन गरेर छानविन गरे भइहाल्छ ।’
रिजालको सन्देशमा गलत चिजहरूमाथि प्रश्न गरौं भन्ने भाव त पटक्कै छैन। यस्तो आयो त्यसो भए छानबिन किन नगर्ने भन्ने एउटा निष्पक्षकारिता नै छैन।
यो गम्भीर मात्र होइन कसैको परिवार नै भड्काएको सम्मको अभियोग नारायणकाजीमाथि लागेको छ। मृत्युका केही अघि होइन, फसाउँछु अनि मर्छु भन्ने ध्येर र उद्देश्यले होइन त्यसको साताअघि नै कमानसिंहले उनको चरित्रको बारेमा व्याख्या गरेका हुन्। जसको हठात् प्रतिक्रिया इन्द्रामायाले दिएको पाइन्छ, नकारात्मक भावमा। यसले के पुष्टि गर्छ भने कमानसिंहले जे जति संकेत गर्न खोजेका छन्, त्यसमा असत्यता छैन।
नैतिकतामाथि प्रश्न उठेपछि जसरी महराले पदबाट राजीनामा दिए, जसरी गोकुल बास्कोटाले मन्त्री पदमा बस्ने नैतिकता ठानेनन्, त्यो तहको नैतिकता त आम मानिसले खोज्छ नै। लोकलाई सन्तोष देखाउनका लागि पनि नारायणकाजी श्रेष्ठले यहि बाटो अबलम्बन गरेको राम्रो हुनेथियो।